माधब खरेल बैशाख, १८ गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ आरुचौर का कृषकहरुमा सुन्तला खेती तर्फ आकर्षण बढ्न थालेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाइरसका कारण देश नै लकडाउन भएको बेला यहाँका अधिकाश युवा तथा बुढाबुढी नै दिन भर बारिमा सुन्तलाका खाल्डा खन्न मै ब्यस्त देखिन थालेका छन् ।
परम्परागत खेतिबाट कुनै फाइदा नदेखिएपछि ब्यवसायिक सुन्तला खेती अगांलेको स्थानीयको भनाई रहेको छ । आरुचौर सुन्तला खेतिको लागि उपयुक्त स्थान रहेको र धेरै सुन्तला उत्पादन गर्न सकिने आशामा आफुले सुन्तला खेती सुरु गर्न लागेको कृषकहरुले बताउँछन् । अहिलेसम्म करिब ५ हजार बिरुवा लगाई यस क्षेत्रलाई सुन्तला बगैंचा बनाउने उदेश्य रहेको स्थानीय कृषकको भनाइ छ ।
Badigad Online