उपचार अभावमा अस्पतालमा मृ*त्यु कुर्दै यी आमा

उपचार अभावमा अस्पतालमा मृ*त्यु कुर्दै यी आमा

Badigad Online
3 Min Read

दैलेख । नौमुले गाउँपालिकाकी –५ की ३२ बर्षिया पवित्रा रेगामी चार महिनादेखी बोनम्यारो रोगबाट पि*डित छन् । जिल्ला अस्पतालमा शैयाँमा बोनम्यारो रोगसँग लडदै गरेकी पवित्रा सहयोगी मनको याचना गर्दै्छिन् । दुई सन्तानलाई आफन्तको जिम्मा लगाई पति दलबहादुर रेगामी पत्नीको उपचारमा छन् । चिकित्सकले बिरामीलाई उपचारको लागि काठमाण्डौं लैजान बारम्बार अनुरोध गरेपनि आर्थिक अभावले गर्दा दलबहादुरले जिल्ला अस्पतालकै बेडमा राखेका छन् ।

अन्य रोग लागेर अस्पताल आउने बिरामी केही दिनको उपचारपछि डिस्चार्ज भएर गएको देखेकी पवित्रालाई आफु पनि निको भएर घर फकिन्छु भन्ने झिनो आश बाँकी नै छ । अन्य बिरामीको वेथा निको हुँदै गए पनि पवित्रको स्थिती झन जटिल हुँदै गएको स्वास्थ्य कार्यालय दैलेखका स्वाथ्यकर्मी बताउँछन् ।

दलबहादुरलाई पनि श्रीमतिलाई सञ्चो बनाएर घर लैजाने मन छ । आर्थिक अवस्था कमजोर भएकाले सपना पुरा नहोला कि भन्ने त्रासमा पनि छन् । ‘गरिबका लागि त दैव (भगवान) पनि छैनन् जस्लो लाग्दैछ ।’ दलबहादुरले भने । उनले सुरुमा आफुसँग भएको पैसाले नेपालगञ्ज लगेर उपचार गरे जब पैसा सकियो बिरामीलाई घरमै ल्याए ।

चार महिना अगाडी नेपालगञ्जका डाक्टरले श्रीमतीको उपचार गर्न काठमाण्डौं लैजान सल्लाह दिनुभएको थियो । ‘पैसा थिएन ल्याएर घरमा राखेँ । विरामी जटिल बन्दै गएपछि जिल्ला अस्पतालमा ल्याए ।’ दलबहादुरको भनाई थियो । जिल्ला अस्पतालका चिकित्सकले पनि उही सुझाब दिए । ‘निको पार्ने हो भने बिरामीलाई राम्रो अस्पताल लिएर जानु ।’ उनीसंग जिल्ला अस्पतालकै बेड कुर्नुको विकल्प छैन ।

विरामीलाई बाह्य जिल्ला लिएर उपचार गर्न सल्लाह दिएपनि आर्थिक अभावले विरामीलाई जिल्ला अस्पतालमै राखिएको जिल्ला अस्पताल दैलेखका जनस्वास्थ्य अधिकृत थिर प्रसाद रेग्मी जानकारी दिए । त्यसैगरि जिल्ला अस्पताल दैलेखका प्रमुख डा. निराजन पन्तले यहाँ भएको सबै सेवा सुविधा दिएपनि स्वास्थ्य बनाउन नसकिने बताए । ‘उहाँको अवस्था देख्दा म आफै पनि भावुक हुन्छु । जिल्लाका कसैको मनकारी मन नभई दिदा बेसाहारा जस्तै भएर रेगामीले अस्पतालमा काल कुरी बसिरहेका छिन् ।’ पन्तले भने ।

बुधवार नौमुले गाउँपालिका अध्यक्ष भदे बुढामगरले विरामीलाई अस्पताल गएर भेटेका छन् । ‘गाउँपालिकाबाट सहयोग गर्ने आवश्वासन दिएर जानु भएको छ । तर कहिले सहयोग आउने हो थाहा छैन । दलबहादुर भने । अहिलेसम्म पवित्रालाई जिल्ला अस्पतालका स्वास्थ्यकर्मीबाहेक अरुले सहयोग गरेका छैनन् । स्वास्थ्यकर्मीका गुण कहिल्यै नभुल्ने पवित्राको भनाई छ कसैको सहयोग पाए आफू बाँच्ने र छोराछोरीले आमा भनेको छिटै सुन्न पाउँछु भन्ने उनको आशा छ । पवित्राका एकछोरा एक छोरी छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित