जापान सरकारद्धारा वरिष्ठ नेता पौडेललाई उत्कृष्ट विभुषण प्रदान

जापान सरकारद्धारा वरिष्ठ नेता पौडेललाई उत्कृष्ट विभुषण प्रदान

Badigad Online
1 Min Read

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उत्कृष्ट विभुषण प्रदान गरेको छ । जापान सरकारले विहिवार वरिष्ठ नेता पौडेललाई सो विभुषण प्रदान गर्ने निर्णय गरेको नेपाल स्थित जापानी दुतावासले जनाएको छ ।

जापान सरकारले प्रदान गर्ने ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन्’ अवार्ड पौडेललाई प्रदान गरेको हो । पौडेललाई नेपाल जापान बीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सम्मानको सो अवार्ड दिइएको बताइएको छ ।

त्यसैगरि पौडेलले प्रतिनीधिसभाको सभामुख भएका बेलामा जापान नेपाल फ्रन्डशिप पार्लमेन्टेरियन कमिटि गठन गरेर सांसदहरुका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले जापान सरकारले सो अवार्ड प्रदान गरेको दुतावासले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित