-जसिन्द्र श्रीपाली ,बाग्लुङ । मृ*त्यु शब्द आफैमा तितो तर सत्य छ । जसलाई जो कोही ले नचाहेरै पनि स्वीकार गर्नै पर्छ ! अझ यसरी बुझौं कि मान्छे जन्म लिदै मृ*त्युको कागजमा हस्ताक्षर गरेर आएको हुन्छ ,जुन कुरा धुर्व सत्य हो मान्छे कुनै न कुनै दिन यो सब छोडेर सदाका लागि विदा हुन्छ । आज यहाँ विशेषगरी मैले आफुले स्वयम् देखेका मृ*त्यु पछि समेत दलित समुदाय माथी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हुने गरेका जातीय विभे*दबारे आफ्नो अनुभव र स्थानीय गाउँ घरमा दलितको अवस्था बारे केही कुरा समेटने छु ।
विशेषतः यो लेख मेरो जन्म गाउँ तमानखोला गाउपालीका ४ लाम्मेला संग सम्बन्धित हुनेछ तर धेरै भन्दा धेरै ठाउको प्रतिनिधित्व गर्नेमा म विश्वस्त छु । मान्छेको मृ*त्यु पश्चात ठाउँ गाउँ र परिवेश अनुसार दाह*संस्कार गर्ने आ – आफ्नै नियम र तरीका होलान् तर श*वलाई वि*भेद गर्ने अधिकार र संस्कार जो कसैलाई अनि जहाकही छैन नै । यो समय बिश्वब्यापी रूपमा कोरोना भाइरसले आम मानिस त्रसित बनिरहेको बेला हो, यो महामारीले सबैको दैनिकी अस्तब्यस्त बनिरहेको छ ।
त्यो मध्येको एक स्वयम् म आफै पनि हुँ । यो समय म आफ्नै जन्मथलो बाग्लुङ लाम्मेलामा छु । यो मेरो अलि लामो गाउँ बसाई पनि हो र यहाँ रहदै गर्दा म समाजमा हुने गरेका प्रत्येक गतिविधिमा समेत आफू सुरक्षित हुदै सहभागी हुने गरेको छु । यो उपस्थितिले मलाई यो ठाउँमा हुने केहि सामाजिक गतिविधिबारे नजिक बाट बुझ्न् सहयोग मिलेको छ । अनुभव ताजा हो गाउँमा एकजना हजुरबुबा बित्नु*भयो । उहाँको मला*मीमा म आफै पनि सरिक भए ।
उहालाई केहि आफन्त केही दाजुभाइ र गाउलेको उपस्थितिमा चिहा*न सम्म पुर्याईयो । विधिपूर्बक श*व अन्त्यष्टि समेत गरियो ! दुखद पक्ष उहाँ जलिरहेको घाट अर्थात उहालाई राखिएको श*व दहन त्यो थिएन । जहाँ अरु जाति पनि जलाइन्छ । कस्तो विडम्बना दलित भएकै कारण मृ*त्यु पछिको दाह संस्कारमा समेत विभेद । उहाँ अब सधैंका लागी यो संसारमा रहनुभएन । तर उहाको मृ*त ला*सले समेत विभेद खेपिरह्यो । गाउँघरमा श*व दहन गर्ने घाट परिपक्व हुँदैन प्राय ढुङ्गाको चौघेरो लगाइन्छ । बर्खाको उर्लदो खोलाले यो अपरिपक्व निर्माण धेरै जसो भत्किएको हुन्छ मान्छेको मृ*त्यु पछि यसलाई निर्माण गर्ने कुरा भिन्न हो तर लाम्मेलाको श*व दहन दुइवटा छ । जहाँ दलित समुदाय र जनजाति समुदाय भिन्न भिन्न घाटमा अन्त्यष्टि गरिन्छ ।
जनजाती समुदायको श*व सहन खोलावारी छ भने खोला पारी दलित समुदायको जहाँ जनजातीहरु मट्टी दिदैनन र प्राय उक्त क्षेत्रमा जादैनन् । वि*चरा दलित बाचुन्जेल समाजबाट विभेद खेप्छ, मरेपछि उसको श*व माथी समेत विभेद भैदिन्छ । कथा यतिमात्र हुदैन कथा यहि आएर अन्त्य हुदैन घाटसम्म पुगेका जनजाती मला*मी प्राय दु:ख परेको घर पुग्दैन । पुगि हाले अझैपनी उनीहरुको निमिक्त खानपिन गर्ने ठाउँ भिन्न हुन्छ । म*लामीको भिडमा मास्टर हुन्छन् । सचेतक युवा हुन्छन् । बुद्धिजीवी र समाजको विभिन्न संघ संस्थामा आबद्ध मान्छे हुन्छन् । के तिनिहरुले भन्नू पर्दैन कि यो गलत हो भनेर ? यो गैर*कानुनी हो भनेर ? यो निन्दनीय हो भनेर ? दलित समुदाय जिबनपर्यन्त मान्छे बन्नकै लागि संघर्ष गर्नुपर्ने? खै मान्छे मान्छे बिचको समानता ? खै हामी मान्छे हुनुको अस्तित्व ?
हामी २१ औ सताब्दीमा बाचिरहेका छौ र पनि दलित समुदाय माथीको व्यबहार १६ औं सताब्दीको भन्दा फरक छैन ! यस्ता घिनलाग्दो प्रथाको विरुद्ध कानुनले बन्देज गरेको बिकृती विरुद्ध स्थानीय प्रतिनिधिहरुको ध्यानाकर्षण हुनु पर्छ कि पर्दैन ? भोट चल्ने दलित समुदायको पानी चल्दैन । परिश्रम चल्ने दलित समुदायको अधिकार चल्दैन ! अझै कति कुर्नुपर्ने दलित समुदाय मान्छे हुनैको निमित्त ? अझै कति विभेद सहनुपर्ने एउटै घाटमा जल्नको निमित्त ? आज हामी जे गरिरहेका छौ त्यो भोलि जो कसैको लागी फाइदाजनक छैन, सबै बुझेर पनि विभेद गरिन्छ भने त्यो पशुको दर्जा दलित समुदायलाई हैन । दलित समुदाय माथी वि*भेद गर्नेलाई द*ण्ड दिनु जरुरी छ । त्यो विवेकहिन काम हो, त्यो अमानवीय र द*ण्डनीय काम हो । यस्ताखाले गतिविधि प्रति स्थानीय सरकारको ध्यानाकर्षण भएन भने यसले समाजमा द्वन्द्व सृजना गर्छ ।
समाज बिकासमा अबरोध खडा गर्छ । मान्छे मान्छे बीचमा डर र भय सृजना गर्छ । उसो त यस्तो द*ण्डनिय क्रियाकलाप प्रति सरोकारवालाको ध्यान पुग्न जरुर छ । जबसम्म दलित समुदायलाई पि.ए. प्रथा , बालिघरे प्रथा जस्ता समाजले बहिष्कार गर्ने क्रियाकलापबाट मुक्त गर्दै आर्थिक उत्पादनसँग उनिहरुलाइ जोडिदैन तब सम्म समाज बिकासले गति लिदैन । दलितमाथी वि*भेद हैन, उनीहरु भित्रको सीप क्षमताको सम्मान गर्दै समाज बिकासमा टेवा र्पुयाउन सबै लागी परौ । युवा, समाजसेवी ,बुद्धिजीवीमा रहेको ज्ञान विवेकको सहि सदुपयोग गर्दै दलित समुदाय माथी सम्मान गर्न सिकौं । जब सम्म हामीमा मान्छे मान्छे एकै हुन भन्ने भावना जाग्दैन । जबसम्म हामी सबैमा समान सोचको बिकास हुदैन । तबसम्म समाजले बिकास हैन बिनास निम्त्याउँछ ।
तसर्थ सबैको सोच विभेद मुक्त समाज निर्माण गर्नको निमित्त जागरुक बनोस् । मान्छे मान्छे बिचको विभेद अन्त्य गर्न सबैको अभ्यास होस ! आगामी पुस्ताले सभ्य र विभेद मुक्त समाजमा जिउन सकुन् । र यसको निमित्त हामी सबैमा नया सोच नया ज्ञान वृद्धि जरुर छ ।