बडिगाडमा बजार अनुगमन : म्याद नागेका अखाद्य वस्तु बरामद गरी जलाईयो

बडिगाडमा बजार अनुगमन : म्याद नागेका अखाद्य वस्तु बरामद गरी जलाईयो

Badigad Online
1 Min Read

जीवन पाण्डे बाग्लुङ,वैशाख १९ । बाग्लुङको बडीगाड गाउँपालिकामा बाँडिएको राहत सामाग्री मध्ये चाउचाउ म्याद नागेको भएको भन्ने गुनासो आएपछि गाउँपालिकाले बजार अनुगमन थालेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरस रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित बनेका अतिविपन्न परिवारलाई राहत स्वरुप गाउँपालिकाले वितरण गरेको चाउचाउ म्याद नागेको भएको भन्ने सामाजिक सञ्चाल लगायतमा टिकाटिप्पणी बढेपछि अनुगमन थालेको बताईएको छ ।

अनुगमनको पहिलो दिन वडा न. २ र ५ का विभिन्न स्थानमा अनुगमन गरिएको बताईएको छ । अनुगमनका क्रममा हाडी खोला खर्वाङ, मदन आश्रीत चोकका विभिन्न पसलमा म्याद गुज्रेका आटा, चाउचाउ, बिस्कुट ,रेडबुल लगायत पेय पदार्थ, भुजा, तेल, कुरकुरे, दालमोठ, चिउरा, बेसन, मैदा लगायतका खाद्य सामाग्रीहरु बरामद गरी नष्ट गरेको छ ।

पहिलो पटक सचेतना स्वरुप पसलेहरुलाई सम्झाई बुझाई गरिएको र जिल्लाबाट अनुगमन गर्न आएको सन्धर्भमा अथवा फेरि पनि यस्ता सामाग्री भेटाएको पाए कानुनी कारबाही थालिने गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजाले जानकारी दिनुभयो । म्याद गुज्रेका खाद्य सामाग्री गाउपालिकाले पहिला नै जानकारी गराउदा पसलेहरुले अलग्गै राखेको र सोही सामाग्री जलाएर नष्ट गरिएको अध्यक्ष पाइजाले बताउनुभयो । सामाजिक संजालमा गाउँपालिकालाई इङ्गित गरि विभिन्न टिकाटिप्पणी आएको कारण झन कडा रुपमा प्रस्तुत हुन परेको बताईएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित