– मोहन घिमिरे
नेकपा भित्रको आन्तरिक राजनितिक किचलोको कारणले गर्दा लकडाउनको कारण आजित बनेका जनताहरु दिन प्रतिदिन निराश बन्दै छन् । दुई तिहाई नजिकको बलियो बामपन्थी सरकारबाट नागरिकले जुन अपेक्षा गरेका थिए ती अपेक्षाहरु क्रमश भत्कीदै छन् । सरकारले पछिल्लो समय जारी गरेका दुई विवादास्पद अध्यादेसका कारण नेकपामा विवाद बढेको भनिए पनि सारमा अध्यादेसको बाहानामा सरकार परिवर्तनको खेल हुदैछ भन्ने कुरो स्पष्ट छ ।
लक डाउन लम्बीदै जादा जनताका आधारभुत आबश्यकताहरु परिपुर्ती गर्न जिम्मेवार ढंगले लाग्नु पर्ने बेलामा निर्वाचित सरकार आफ्नै दल भित्रबाट भएको प्रहारबाट सुरक्षित रहन आवश्यक पर्ने रणनिती निर्माणमा व्यस्त छ । कोभिड १९ को कारण मानव सभ्यताको निरन्तरता मै गम्भीर प्रश्नहरु खडा भै रहेको विश्वव्यापी परिस्थितीका बिच नेपालमा सत्ताको निम्ति गरिएको खिचातानी आफैमा अमानवियता उन्मुख कार्य हो ।नेपाली जनतालाई यति बेला बलियो सरकारको आबश्यकता छ । बाटोमा अलपत्र परेका यात्रुहरु घर सम्म सुरक्षित रुपले पुग्न खोजिरहेका छन् ।
कोरोना कै कारण उपचार शहज रुपले पाउन नसकेका अन्य रोगका रोगिहरु राज्यले सहयोग प्रदान गरोस भन्ने चाहान्छन ! लाखौ नेपालीहरुलाई लक डाउनको कारण सांझ बिहानको चुल्हो बाल्न समस्या आउन थालिसकेको छ । खासगरी न्यून आय भएका गरिब तथा मजदुर बर्गको दैनिकी कष्टकर बन्दै छ । यस्तो बेला सबै नागरिकलाई राज्यले प्रभावकारी तवरले काम गरिरहेको छ भन्ने अनुभूति दिलाउने समय हो । तर दुर्भाग्य सत्तासिन दल भित्रको सत्ता परिबर्तनको अंकगणितिय खेलले लोक हसाउने काम मात्र गरेको छ ।
केपि ओली विकल्पहिन व्यक्ती कदापी होईनन् उनको कर्मको समीक्षा समय सामान्य भएपछि पनि गर्न सकिन्थ्यो ।
फिर्ता लिइएका अध्यादेस मध्य एउटा अध्यादेसले प्रमुख प्रतिपक्षी दललाई संबैधानिक परिषदबाट लत्याउने प्रयास गरेको थियो । अध्यादेस जुन गतिमा आयो त्यही गतिमा फिर्ता पनि भयो । प्रमुख प्रतिपक्षी दलले अध्यादेसको बिरोध त गर्यो तर अध्यादेस फिर्ता भए संगै सत्ता ढलाउने खेलमा आफुलाई समाहित नगरेर जिम्मेवार प्रतिपक्षीको भुमिका खेलिरहेको छ । तर नेकपा भित्र कै शक्तिहरु सरकार पल्टाउने उचित समय यहि हो भन्दै जन्मे देखीको ताकत बर्तमान सरकारको बिरुद्ध खर्च गरिरहेका छन् । अर्को तर्फ नेकपाको सरकारले पनि प्रभावकारी तवरले कार्य सम्पादन गर्न सकिरहेको छैन् ।
संभवत आफ्नै दिनगन्ती सुरु भएको पुर्व आभास केपि ओलीलाई भएकै कारण पनि सरकारका काम कारबाहिहरु रक्षात्मक देखिन थालेका छन् । कोरोना संक्रमितको शंख्या दिनानुदिन बढिरहदा त्यस बिरुद्ध गर्नु पर्ने प्रतिकार्य प्रभावकारी छैनन् । स्वास्थ्य सामाग्री खरिदमा चरम लापरबाही भयो । निकट भबिष्यमा देखिन सक्ने आर्थिक मन्दी र दैनिक उपभोग्य बस्तुको अभावबाट देस र जनतालाई निकास दिन सरकार संग न त कुनै सोच छ न त योजना नै ।विवाद नेकपा भित्रको भए पनि सत्तारुढ दलको विवादले जनताको दैनिकीमा नकारात्मक प्रभाव पर्छ नै । नेकपाका नेताहरुले कम्तीमा पनि राष्ट्रीय संकटको यो घडी सरकार परिवर्तनको खेलमा लाग्ने उचित समय होईन भन्ने बुझ्नु पथ्र्यो । त्यो हुन सकेन् भने सत्ता परिवर्तनको बर्तमान खेललाई यथाशक्य छिटो अन्त्य गरि जनतालाई बलियो राज्यको आभास दिने जिम्मेवारीबाट नेकपा पदच्युत हुन कदापी मिल्दैन ।
बिपतको बेला नागरिक र सरकार एक अर्काका परिपुरक बन्न सक्नु पर्दछ । सरकार एक्लैले प्रभावकारी रुपले काम गर्न सक्दैन् । आफ्नै दलको सहयोग त सत्ता सञ्चालनमा अत्यावश्यक नै रहन्छ तर नेकपाको राजनिती त्यसको ठिक बिपरित समस्याहरुमा अल्झीरहने र देशलाई बन्धक बनाईरहने तर्फ केन्द्रीत छ । नेकपा भित्र केपि ओलीको बिकल्प खोजिएकै हो भने पनि त्यसको लागि लामो समय खर्च गरिनु सान्दर्भिक छैन । संसदिय दलको नेताबाट फिर्ता बोलाए केपि ओली आफै ब्याक हुन्छन् । स्थायी समिती र केन्द्रीय समितीबाट प्रधानमन्त्रीलाई फिर्ता बोलाउने निर्णय लिइए पनि त्यो कदमले सरकार बदल्छ । तर सरकार पनि परिवर्तन गरि नहाल्ने र सरकारमाथी निरन्तर रुपले असहयोग गर्ने नेकपाको रणनितिले नेपाली जनता आजित बनेका छन् ।
बर्तमानको प्रतिकुल समयमा सरकार सन्चालनको विवाद यथाशक्य छिटो अन्त्य गरि कोरोना विरुद्ध राष्ट्रीय एकताका साथ काम गर्ने वातावरण सृजना गर्न अब नेकपाले ढिला गर्नु हुदैन् । अन्यथा नेकपा भित्रको विवादले नेकपालाई मात्र सिध्याउदैन् यसले नेपाली जनताको चाहाना र आकांक्षा कै धज्जी उडाउने सुनिश्चित छ ।