गल्कोट ११ रिघामा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण भैरहेको छ।

गल्कोट ११ रिघामा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण भैरहेको छ।

Badigad Online
1 Min Read

कमल पौडेल, २१ बैसाख, बागलुङ – गल्कोट नगरपालिका वडा नं. ११ रिघामा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु भएको छ। शनिवार धारामन्दिर, वडा कार्यालय, सानो रिघा र फेंदिमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको र आइतवार साविक रिघा गाविसको वडा नं. ७, ८, ३ र ६ मा वितरण गरिने वडा अध्यक्ष डम्बर बहादुर श्रीसले जानकारीदिनुभएको छ।

वडाका कर्मचारी, जनप्रतिनिधि सहितको टोलीले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो। सनिवार, वृद्ध, एकलमहिला, अपांगता भएका र दलित पोषण अन्तरगत २ सय ९६ जनालाई २६ लाख वढि रकम वितरण गरिएको वडा अध्यक्ष श्रीसले बताउनु भएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित