पश्चिम बाग्लुङमा स्वास्थ्य सामाग्री बाँड्दै काँग्रेस नेता कुवँर

पश्चिम बाग्लुङमा स्वास्थ्य सामाग्री बाँड्दै काँग्रेस नेता कुवँर

Badigad Online
5 Min Read

छविलाल पाण्डे बाग्लुङ,वैशाख २२ । बागलुङ ढोरपाटन समाज हङकङको सहयोगमा प्राप्त भएको स्वास्थ्य सामाग्रि थर्मल गन र पार्टीको तर्फदेखि अन्य स्वास्थ्य सामाग्री लिएर नेपाली काँग्रेसका नेता दोर्णकुमार कुवँर दोश्रो पटक पुनः स्वास्थ्य संस्थामा पुग्ने अभियान थाल्नु भएको छ । बागलुङ जिल्लादेखि रोजगारी र व्यवसायका निम्ती हङकङमा रहनुभएका युवाहरुको सँस्था बागलुङ ढोरपाटन समाज हङकङद्धारा पठाइएको थर्मलगन र नेपाली काँग्रेस क्षेत्रिय समितीको तर्फदेखि एन नाइन्टी फाइभ पीपीई सेट, सेनिटाईजर , र सेनिटाईजर छर्कने स्प्रे सहितका स्वास्थ्य सामाग्रि पार्टीको तर्फदेखि हस्तान्तरण सुरु भएको हो ।

कोरोना भाईरस(कोभिड १९) को त्रासका कारण ४१ दिनदेखि लकडाउनको अवस्थामा रहेको नेपालमा अधिकांंस स्वास्थ्य सँस्थामा हालसम्मपनी कोरोना जाँच गर्न प्रयोग गरीने थर्मलगन मेशिन अभाब रहेको अवस्थालाई काँग्रेस नेता दोर्णकुमार कुवँरको पहल तथा बागलुङ ढोरपाटन समाज हङकङको सहयोगमा १०० थान थर्मल गन उपलब्ध भएसँगै यहाँ स्थित जनप्रतिनिधी, स्वास्थ्य कर्मी र राजनैतिक दलको रहोभरमा जिल्लाभरका स्वास्थ्य सँस्थामा उक्त सामाग्रि हस्तान्तरण अभियान सुरु गरीएको हो ।

आइतबार ढोरपाटन नगरपालिकाको वडा नं.४ बाहेक सबै वडामा रहेका स्वास्थ्य संस्थामा थर्मलगन हस्तान्त्रण गरीएको छ । जसअन्र्तगत बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ३ थान थर्मल गन, भाइजर २५ थान, सेनिटाइजर र पीपीइसेट सँगै लगाउन मिल्ने क्याप ४० पीस हस्तान्त्रण गरीएको छ । स्वास्थ्य केन्द्रका डा. लक्ष्मि अर्याललाई उक्त सामाग्रि हस्तान्त्रण गरीएको हो । आयोजित कार्यक्रममा नेता दोर्णकुमार कुवँर सहित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य चन्द्रलाल अर्याल, नेपाली काँग्रेस ढोरपाटन नगर सभापती सालिकराम सर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गौरीश्वर पाण्डे, काँग्रेस महाधिवेशन प्रतिनिधी सिँहबहादुर राना, सोम पौवी, इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोकबहादुर कुवँर, वडा नं.३ का अध्यक्ष हेमेन्द्र घर्ति मगर , वडा नं.६ का अध्यक्ष दिपक थापा, बुर्तिबाङ प्राथमिक स्वास्थ्य सँस्था व्यवस्थापन समिती सदस्य असारी वि क, काँग्रेस पुर्व क्षेत्रिय सभापती नरबहादुर गुरुङ,क्षेत्र नं.२ प्रदेश ख सचिव दिपेन्द्र श्रेष्ठ वडा सदस्य चण्डी गुरुङ ,इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रतिनिधी,लगाएतको उपश्थितीमा उक्त स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरीएको छ ।

त्यसैगरी ढोरपाटन नगरपालिका कार्यालयमा पुगेर दुई थान एन नाइन्टीफाईभ पीपीई सेट, सडक तथा भिँडभाड हुने स्थानमा कोरोना रोकथाममा छर्कनका निम्ती प्रयोग गरीने ५ लिटर सोडियम हाईड्रो क्लोराईड र एक थान स्प्रे मेशिन तथा १ लिटर सेनिटाईजर समेत नगर प्रमुख देवकुमार नेपाली र उपप्रमुख कर्मती पुनलाई हस्तान्त्रण गरीएको हो । उक्त अवसरमा नगर प्रमुख नेपालीले बागलुङ ढोरपाटन समाज हङकङको सहयोग र नेपाली काँग्रेसले स्वास्थय क्षेत्रमा गरीरहेको काम अति प्रभाबकारी रहेको बताउनु भयो । त्यसैगरी ढोरपाटन नगरपालिका ५ मा रहेको अधिकारीचौर स्वास्थ्य सँस्थामा वडा नं.५ का अध्यक्ष तथा नेकपा जिल्ला कमिटी सदस्य लक्ष्मण पुन, राष्ट्रिय जनमोर्चाका प्रतिनिधी सुनमाया घर्ति, स्वास्थ्य कर्मि लगाएतको रहोभरमा थर्मलगन हस्तान्त्रण गरीएको छ ।

बोबाङ स्वास्थ्य चौकीमा समेत काँग्रेस नेता कुवँर सहित पार्टी नगरसभापती सालिकराम सर्मा, महादिवेशन प्रतिनिधी सिँहबहादुर राना, सामे पौवी, प्रदेश २ ख सचिव दिपेन्द्र श्रेष्ठ ,वडा नं.७ का अध्यक्ष अध्यक्ष दिपक थापा, ८ का अध्यक्ष नन्दे सुनार,वडा नं.६ का अध्यक्ष जिवन पुन, नेपाली काँग्रेसका शैलेश घर्ति, तारा बुढा, रेशमलाल सर्मा, गोपि पुन, चन्द्र गौतम समाजबादी पार्टीका प्रतिनिधी कुशल विश्वकर्मा लगाएतको रहोभरमा थर्मलगन हस्तान्त्रण गरीएको छ । त्यसैगरी ढोरपाटन नगरपालिका ९ मा रहेको बोबाङ स्वास्थय इकाई, काँग स्वास्थ्य ईकाई, ढोरपाटन स्वास्थ्य इकाई र गाडीखोला स्वास्थ्य सँस्थामा समेत एक ÷एक थान थर्मल गन हस्तान्त्रण गरीएको नेता कुवँरले बताउनु भयो ।

हालसम्म पनी थर्मल गन अभाबमा जोखिम मोलेर विरामीको सेवामा सर्मपित भएका स्वास्थ्य कमीलाई पीपीई र थर्मल गन प्राप्त भएसँगै स्वास्थय कर्मि र स्थानिय बासी समेत खुसि भएका हुन् भोली निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाले स्वास्थय सँस्थामा स्वास्थ्य सामाग्रि थर्मल गन हस्तान्त्रण कार्यक्रम रहेको नेपाली काँग्रेस क्षेत्र नं.२ प्रदेश ख सचिव दिपेन्द्र श्रेष्ठले बताउनु भयो । त्यसैगरी आजै बागलुङ प्रदेश सभा २ (ख) बाट निर्वाचित प्रदेश सभा साँसद खिमविक्रम शाहिलाई ३९ थान थर्मलगन हस्तान्त्रण गरीएको छ । प्रदेश १ अन्र्तगत पर्ने बागलुङ नगरपालिका, जैमुनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका अन्र्तगतका स्वास्थ्य सँस्थामा पुर्याउनका निम्ती त्यहाँस्थित राजनैतिक दल, समाजसेवी, प्रशासन, प्रहरी, पत्रकार लगाएतको रहोभरमा हस्तान्त्रण गर्ने गरी उक्त मात्रामा थर्मलगन हस्तान्त्रण गरीएको दोर्णकुमार कुवँरले बताउनु भयो ।

कुवँरले जनताको सेवामा निरन्तर सहयात्रा गर्दे आइरहेको बागलुङ ढोरपाटन समाज हङकङका सम्पूर्ण पदादिकारीलाई विशेष धन्यबाद ज्ञापन गर्दे यस्तो महान अभियानमा निरन्तर जोडिने महान सहयोगि सँस्थाका पदादिकारीलाई धन्यबाद समेत ज्ञापन गर्नुभयो । स्मरणिय छ स्वास्थ्य सँस्थामा पीपीईको समेत अभाब भइरहेको अवस्थामा क्षेत्र नं.२ बागलुङका पाँच पालिका अन्र्तगतका सबै स्वास्थ्य सँस्थामा पीपीई र अन्य स्वास्थ्य सामाग्रि हस्तान्त्रण अभियान नेपाली काँग्रेस क्षेत्र नं.२ ले चैत्र महिनामा सम्पन्न गरेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित