गुल्मीको स्मार्ट कृषि गाउँ हुँगालाई कृषि सामग्री

गुल्मीको स्मार्ट कृषि गाउँ हुँगालाई कृषि सामग्री

Badigad Online
1 Min Read

तिलाचन पाण्डे, वैशाख २२ गुल्मी । प्रदेश ५ को स्मार्ट कृषि गाउँको रुपमा छनोटमा परेको गुल्मीको छत्रकोट गाउँपालिका १ हुँगाका सदस्यहरुलाई कृषि सामग्री बितरण गरिएको छ । रहेको स्मार्ट कृषि गाउँ हुँगा तरकारी पकेट कृषि समूहलाई एक हजार लिटरका ड्रम , प्लाष्टिक पोखरी , टनेल , क्यारेट , पानी तान्ने मोटर ,हजारी र बिउ बिजनहरु वितरण गरिएको हो ।

एक कार्यक्रमकाबिच छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्त , उपाध्यक्ष नर्भदा भण्डारी , कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरे ,कृषि अधिकृत हरि आर्चाय , वडा अध्यक्ष धातानन्द भण्डारी ,प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले कृषि सामग्री हस्तान्तरण गर्नुभएको हो । स्मार्ट कृषि गाउँका लागि कृषि ज्ञान केन्द्र गुल्मीबाट ५० लाख र कृषकहरुको १० लाख गरी यस आर्थिक बर्षमा कुल ६० लाखको कार्यक्रम रहेको छ ।

कुल ५६ जना सदस्य रहेको स्मार्ट कृषि गाउँ हुँगा तरकारी पकेट कृषि समूहका सदस्यहरुले ब्यबसायीक रुपमा तरकारी खेती गर्दै आएका छन् । कृषि सामग्री बितरण गर्दै गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले नाम जस्तै गरी काम गर्नका लागि आग्रह गरेका छन् । भने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले कृषिबाटै मनग्य आम्दामी लिन सकिने भएकाले ब्यबसायीक कृषि नै आम्दामीको मुख्य स्रोत बन्ने बताउनुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित