लाम्मेला प्रवेश गर्दै हुनुहुन्छ ? पढ्नुस यी नियम पछुतो होलानी

लाम्मेला प्रवेश गर्दै हुनुहुन्छ ? पढ्नुस यी नियम पछुतो होलानी

Badigad Online
1 Min Read

जसिन्द्र श्रीपाली बाग्लुङ । बाग्लुङको तमानखोला गाउँपालिका वडा नं .४ लाम्मेलाले आकस्मिक बैठक बसि लक डाउनमा थप कडाइ गराउन विविध निर्णय गरेको छ! विश्वब्यापी रूपमा फैलिएको कोरोनाभाइरस नियन्त्रण तथा रोकथामको निमिक्त तमानखोला गा.पा ४ लाम्मेलाका युवा र प्रतिनिधि हरु बीच आकस्मिक बैठक सम्पन्न भएको छ । बैठकले निम्नानुसार को निर्णय गरेको छ ।

कोरोना भाइरस रोकथामको निमित्त गाउँ बाहिर बाट आएका मान्छे निगरानी गर्न सिमानामा बस्ने ब्यक्ति लाई वडा मार्फत माक्स ब्यबस्था गर्ने । गाउँ भित्रको सम्पुर्ण योजनाको काम गर्दा १५ जना भन्दा बढी मान्छे जम्मा हुन नपाइने र उक्त टीमको ब्यबस्थापन समितिका अध्यक्षले गर्नुपर्ने । वडाको प्रत्येक सिमानामा एक बाल्टी , जग र साबुन अनिवार्य राख्ने ।

गाउँ बाहिर बाट आउने जोकोहीले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने र क्वारेन्टाइनको निमित्त सरस्वती आधारभूत बिधालय, आमा समुहको भवन वा कोरोना रोकथाम समितीले चयन गरेको ठाउँमा बस्नुपर्ने । नेपाल सरकारले घोषणा गरेको लक डाउन भरि गाउँमा कुनै पनि खेलकुद बन्देज गरिने । साथै माथीको नियम उल्लंघन गर्ने जोकोही लाई वडापालिका द्वारा कानुनी कार्बाही गरिने समेत निर्णय गरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित