छविलाल पाण्डे वैशाख २२ । बागलुङ ढोरपाटन समाज हङकङको सहयोगमा प्राप्त भएको स्वास्थ्य सामाग्रि ज्वरो नाप्ने मेशिन थर्मलगन र नेपाली काँग्रेस पार्टीको तर्फदेखि अन्य स्वास्थ्य सामाग्रि लिएर नेपाली काँग्रेसका नेता दोर्णकुमार कुवँर सहितको टोलीद्धारा तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा स्वास्थय सामाग्रि हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको छ ।
बागलुङ जिल्लादेखि रोगजारी र व्यवसायका निम्ती हङकङमा रहनुभएका युवाहरुको सँस्था बागलुङ ढोरपाटन समाज हङकङद्धारा पठाइएको थर्मलगन र नेपाली काँग्रेस क्षेत्रिय समितीको तर्फदेखि एन नाइन्टी फाइभ पीपीई सेट, सेनिटाईजर , र सेनिटाईजर छर्कने स्प्रे सहितका स्वास्थ्य सामाग्रि गाउँपालिका प्रमुख, उपप्रमुख, राजनैतिनक दल लगाएतको रहोभरमा स्थानिय पालिकालाई हस्तान्त्रण गरीएको हो । तमानखोला गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रमका अवसरमा गाउँपालिका अन्र्तगतका सबै स्वास्थय सँस्थाका निम्ती ९ थान थर्मलगन, कोरोना निमृल पार्न सढ.डक तथा भिँडभाड हुने स्थानमा छर्कनका निम्ती स्प्रे १ थान, सोडियम हाइड्रो क्लोरिन ५ लिटर, एन नाइन्टी फाईभ पीपीई ३ थान, जिवनजल, हातधुने सावुन र सेनिटाईर गाउँपालिका अध्यक्ष जोकलाल बुढा र उपाध्यक्ष मानशरी शेरचनलाई हस्तान्त्रण गरीएको हो ।
आयोजित कार्यक्रममा तमानखोला गाउँपालिका वडा नं.२ का अध्यक्ष मिनबहादुर घर्ति, ३ का अध्यक्ष गिरबहादुर घर्ति, वडा नं.४ का अध्यक्ष उदिमबहादुर छन्त्याल, वडा नं.५ का अध्यक्ष हिराबहादुर सिर्पाली, नेकपा पार्टी प्रतिनधिी नरेन्द्र छन्त्याल, नेपाली काँग्रेस महादिवेशन प्रतिनिधी सिँहबहादुर राना, सोम पौवी, ढोरपाटन नगर सभापती सालिकराम सर्मा, क्षेत्र नं.२ प्रदेश ख सचिव दिपेन्द्र श्रेष्ठ, तमानखोला गाउँपालिका पार्टी सम्योजक खगेन्द्रमान पुन, झकबहादुर बुढा, चुडामणि छन्त्याल, तेजेन्द्र रामजाली, तरुणदल अध्यक्ष ख प्रसाद छन्त्याल, वडा सदस्य लिला छन्त्याल लगाएको उपश्थितीमा स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरीएको थियो ।
त्यसैगरी निसीखोला गाउँपालिकामा समेत आजै स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरीएको हो । गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, उपाध्यक्ष सोभा कार्कि, प्रमुख प्रशासकिय अधिकृत इश्वरला श्रेष्ठ र वडा अध्यक्ष, राजनैतिक दल लगाएतको रहोभरमा स्वास्थय सामाग्रि हस्तान्त्रण गरीएको छ । जसअन्र्तगत थर्मल गन ६ थान, एन नाइन्टी फाईभ पीपीई सेट र क्याप १ सेट, स्प्रे १ थान, सोडियम हाइड्रो क्लोरिन ५ लिटर, जिवनजल, हातधुने सावुन र सेनिटाईर हस्तान्त्रण गरीएको हो । आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बोल्दै विपदको समयमा नेपाली काँग्रेस क्षेत्रिय समिती र बागलुङ ढोरपाटन समाज हङकङले स्वास्थय क्षेत्रका निम्ती गर्दे आएको महत्वपूर्ण सहयोगका निम्ती धन्यबाद ज्ञापन गर्नुभयो ।
उहाँले थप बोल्दै वर्तमान अवस्थामा स्वास्थ्य क्षेत्र बढि जटिल र सँवेदनशिल रहेका कारण अति आवस्यक सामाग्रि सहयोग गर्ने दुवै सँस्थाको स्रहानयिन कामको प्रसँसा गर्नुभयो । आयोजित कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रिय सभापती दोर्णकुमार कुवँर, नेपाली काँग्रेस निसिखोला गाउँ सभापती एवम वडा नं.१ का वडा अध्यक्ष इन्द्रबहादुर मल्ल, वडा नं.२ का अध्यक्ष कुविर विश्वकर्मा, वडा नं.३ का अध्यक्ष जुनविक्रम शाहि, वडा नं.४ अध्यक्ष टिकानिधी पौडेल, नेकपा प्रदेश सदस्य प्रेम घर्तिमगर, नेपाली काँग्रेस महादिवेशन प्रतिनिधी सिँहबहादुर राना, सौम पौवी, राष्ट्रिय जनमोर्चाका् तर्फदेखि थमन घर्तिमगर, काँग्रेस प्रदेश२ ख सचिव दिपेन्द्र श्रेष्ठ, निसीखोला ७ पार्टी सभापती दिपु कुवँर, वडा नं.४ सभापती राजमान घर्ति, हेम सापकोटा लगाएतको उपश्थिती रहेको थियो ।
आयोजित कार्यक्रममा सहभागिले स्वास्थ्य सँस्थामा अति आस्यकताको रुपमा रहेको थर्मलगन र पीपीई सेट हस्तान्त्रण अभियानले स्वास्थ्य कर्मिलाई आफनो कार्य सम्पादनमा सहजता पुग्ने बताएका हुन् । कोरोना भाईरस (कोभिड १९) को त्रासका कारण ४२ दिनदेखि लकडाउनको अवस्थामा रहेको नेपालमा अधिकाँस स्वास्थ्य सँस्थामा हालसम्मपनी कोरोना जाँच गर्न प्रयोग गरीने थर्मलगन मेशिन अभाब रहेको अवस्थालाई काँग्रेस नेता दोर्णकुमार कुवँरको पहल तथा बागलुङ ढोरपाटन समाज हङकङको सहयोगमा १०० थान थर्मलगन उपलब्ध भएसँगै यहाँस्थित जनप्रतिनिधी, स्वास्थ्य कर्मी र राजनैतिक दलको रहोभरमा जिल्लाभरका स्वास्थ्य सँस्थामा उक्त सामाग्रि हस्तान्त्रण अभियान सुरु गरीएको हो ।