काठमाडौं वैशाख २३ । कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । भेरी अस्पताल, नेपालगञ्जमा भएको परीक्षणको मंगलबार बिहान आएको रिपोर्टअनुसार ७ जना नयाँ संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज ८ का २२, ३० र ४० वर्षका पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् । मन्त्रालयका अनुसार उनीहरु स्वास्थ्य अवस्था सामान्य रहेको छ । यो सगैं नेपालमा कोरोना सक्रंमितको सख्यां ८२ पुगेको छ ।
Badigad Online