मुसिकोटमा क्वारेन्टाईनमा रहेकाको स्वास्थ्य परिक्षण हुने

मुसिकोटमा क्वारेन्टाईनमा रहेकाको स्वास्थ्य परिक्षण हुने

Badigad Online
1 Min Read

विष्णु प्रसाद आचार्य,गुल्मी वैशाख २३ । मुसिकोट नगरपालिका वडा नं १ मा क्वारेन्टाईनमा बसिरहेकाहरुको मगंलबार स्वास्थ्य परिक्षण गरिने भएको छ । भारत लगायत विभिन्न देशबाट आएका र पछिल्लो समय देशका विभिन्न ठाउँबाट वडा भित्र भित्रिएका तथा होम क्वारेन्टाईनमा बसेका नागरिकहरुको स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम रहेको बताईएको छ ।

स्थानीय अनुरोध प्रगतिशील युवा क्वलवको सहकार्यमा मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले उक्त व्यक्तिहरुको स्वास्थ्य परिक्षण गर्ने निर्णय भएको क्लवका सल्लाहकार शक्तिराज घिमिरेले जानकारी दिनुभयो । सोमबार स्वास्थ्य शाखा र क्लवका पदाधिकारीहरुबीचको छलफलले पौँदी अमराई स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले उनीहरुको परिक्षण गर्ने बतार्ईएको छ । सोही अवसरमा स्वास्थ्य शाखाले क्लवलाई १ प्याकेट हाते पञ्जा र सेनिटाईजर समेत हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।

उक्त अवसरमा स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले क्लवले कोरोना सतर्कताका लागि उल्लेख्य योगदान गर्दै सामाजिक कार्यमा सक्रियता जनाएको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो । यसैबीच क्लवले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथामका लागि गण्डकी प्रदेशसगं सिमा जोडिएको बडीगाड गाउँपालिका र पौँदीअमराईको बिसौनामा बेरियल निर्माण गरेको छ । त्यस्तै गुल्मी र बाग्लुङ जोड्ने झोलुङ्गे पुलमा छेकबार लगाएको जनाएको छ । उक्त क्षेत्रमा आवतजावत धेरै हुन थालेपनि सतर्कता स्वरुप छेकबार लगाईएको घिमिरेले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित