रिमा दिदी र कृष्ण सर नभएको भए : पोई टोकिस् भन्थे

रिमा दिदी र कृष्ण सर नभएको भए : पोई टोकिस् भन्थे

Badigad Online
4 Min Read

सागर भण्डारी,बाग्लुङ वैशाख २३ । बाग्लुङको बडिगाड गाउँपालिका वडा नं ७ की मञ्जु परियारको १७ वर्षको उमेरमा विवाह भयो । २४ वर्षकी उनी अहिले ‘एकल महिला’ हुन् । उमेरले उनका पति उनी भन्दा झण्डै दोब्बर उमेरले जेठा थिए । २०७७ बैशाख १४ गत काठमाण्डौमा उपचारको क्रममा उनका पतिको नि*धन भएको थियो । उनका २ वटा छोरी छन् । जेठी छोरी ६ वर्षकी छिन् भने कान्छी छोरी १५ महिनाकी । अहिले छोरीको हेरचाह र घरको काम गरेर दिनचर्या बिताउँदै आइरहेकी उनलाई परिवारजन र समाजको माया र साथ छ ।

उनका श्रीमान विरबहादुरको कलेजोको उपचारको क्रममा नि*धन भएको हो । घरको कमजोर आर्थिक अवस्थाका कारण आफ्नै बलबुताले उपचार गर्न नसकेपछि काठमाण्डौमा उनलाई समाजसेवी रिमा सापकोटाले उपचारका लागि लैजानु भएको थियो । विभिन्न सघंसंस्था र व्यक्तिहरुको सहयोगमा उनको उपचार गरिएता पनि अन्नत उनको जीवन रहन सकेन् । विरवहादुरको उपचार सम्भव नभएपनि रिमा सापकोटा मञ्जुको जीवनमा भगवान बनेर आउनुभयो । उनको मृत्यु पश्चात काज*किरिया गर्न र श*वलाई दाह*संस्का*र गर्न समेत आर्थिक अभाव भएपछि रिमाले फेरी सहयोगी जुटाउन थाल्नुभयो । उनको अन्ते*ष्टी काठमाण्डौको पशुपतीमै गरियो ।

पछि बडीगाड गाउँपालिका वडा ७ का वडा अध्यक्ष कृष्ण गुरुङ रिमा सापकोटाको पहल तथा सहयोगमा चन्दा संकलन गरि मन्जु र उनकी ४ वर्षकी छोरी अलपत्र परिरहेको अवस्थामा अध्यक्ष गुरुङले काठमाडौं देखि घरसम्म ल्याई उद्दार गर्नुभयो । पति गुमेपछि उनलाई मनमा शकां थियो गाउँ र समाजले अव*हेलना गर्छन् । एकल महिलालाई समाजमा हेर्ने दृष्टिकोण ज्यादै न्यून छ तर त्यसो भएन उनलाई परिवार र समाजले झनै साथ दिए ।

समाजमा उनलाई रिमाले गरेको सहयोगले आफुहरुले पनि सहयोग गर्नुपर्छ भन्ने सन्देश दियो । यता वडा कार्यालयले पनि निकै राम्रो सहयोग गर्यो । रिमा मात्रै भगवान ठानेकी उनले वडाध्यक्ष कृष्ण गुरुङको सहयोगले झनै एक्लो महसुस हुन दिएन् । पतिको मृ*त्युले निम्त्यिाएको पी*डा, सगैं छोेरी हुर्काउनुपर्ने जिम्मेवारी, उनलाई त्यत्ति असहज लागेको छैन् । रिमा दिदी र कृष्ण सर नभएको भए पोई टोकिस् भनेर समाजमा कति अव*हेलना बेहोर्नु पथ्र्यो होला । तर उहाँहरुका कारण आज सबै कुरा भुलेर पुर्न : जीवन पाएकी छु । एकल महिला भएकै कारण हिजोसम्म आफ्नाले गर्ने व्यवहारमा कुनै परिवर्तन नआएको देख्दा उनलाई निकै खुसी लागेको बताईन् ।

समाजमा हुने वि*भेदलाई चिर्न आफुले मञ्जुका सासु ससुरालाई समेत सम्झाई बुझाई गरेको रिमा सापकोटाले बताउनुभयो । विरबहादुरको उपचारमा झण्डै १ लाख भन्दा बढी खर्च भएको र अझै पनि अस्पतालमा तिर्न बाँकी रहेको उहाँको भनाई छ । म*र्नु भन्दा पहिले उनले जसरी भएपनि बचाउन आग्रह गर्दै पछि आफुले तिर्ने बताएका थिए । मञ्जुले आफुलाई त्यतै आउने व्यवस्था मिलाउन सके छोराछोरीलाई पढाउन सजिलो हुने बताएको सापकोटाले बताउनुभयो ।

वडा अध्यक्षले छोरीहरुलाई निशुल्क पढाउने

श्रीमानको मृ*त्यु पश्चात् मन्जुलाई उद्दार गर्दा लागेको सम्पूर्ण खर्च व्यक्तिगत रुपमा आफुले ब्येहोर्ने बताउँदै वडाध्यक्ष गुरुङले वडा कार्यालयमा स्थापना गरेको राहत कोष मार्फत का*जकिरि*याको लागि भन्दै खाद्यान्न ३० केजी चामल, ५ केजी दाल, १ केजी नुन, १ केजी तेल, ५ केजी चिउरा र १ दर्जन बिस्कुट र नगद रु ५ हजार समेत उपलब्ध गराउनुभएको थियो । आगामि दिनमा मृ*तक वीर बहादुर परियारको दुई छोरीहरुलाई शिक्षा दीक्षा र पालन पोषणमा वडा कार्यालय मार्फत साथै व्यक्तिगत रुपमा सहयोग गर्ने समेत अध्यक्ष गुरुङले बताउनुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित