बुटवल, २३ वैसाख । बुटवलमा झु’न्डिएको अवस्थामा युवा जोडी फेला परेका छन् । बुटवल उपमहानगरपालिका वडा न १९ मोतीपुरमा एउटै रुखमा अन्दाजी २०–२२ वर्षका युवा जोडी झु*न्डिएको अवस्थामा मगंलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताएका छन् ।
मृ*त्यु हुनेमा उदयपुर घर भएका हिरा श्रेष्ठ र गुल्मी घर भएकी गीता छेत्री रहेको भट्टराईले बताए । उनीहरुको श*व अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । के कारणले गर्दा एकैसाथ आ*त्मह*त्या गरेको भन्ने पुरा विवरण खुली सकेको छैन ।
Badigad Online