अर्घाखाँची वैशाख २३ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ६, खिल्जीमा जंगली च्याउ खाँदा आमा छोरीको ज्या*न गएको छ । आइतबार ज्यान गु*मा*एकी रामकला महत्राकी ७ वर्षीय छोरी बिपा महत्राको उपचारको क्रममा सोमबार राति ज्या*न गएको हो । जंगली च्याउको पहिचान नगरी पकाएर खाएका ४ जनामध्ये ३० वर्षीया रामकला महत्राको गएको आइतबार उपचारको क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा ज्या*न गएको थियो ।
छोरी बिपा महत्राको भैरहवा मेडिकल कलेजमा सोमबार राति ज्या*न गएको मृतकका मामा हुमबहादुर रायमाझीले बताउनुभयो । जंगली च्याउ खाँदा आमाछोरीको दुई दिनको अन्तरमा ज्या*न गएको छ । च्याउ खानेमध्ये लालसरी महत्रा र लक्ष्मी महत्रा बिरामी छन् । दुवै जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।
च्याउ खाएपछि लगातार पखाला लाग्ने र बान्ता आएपछि महत्रा परिवारले सन्धिखर्कको एक मेडिकलमा औषधि किनेर खाएका थिए । समस्या झन् बढेपछि मात्र उनीहरु शनिबार अर्घाखाँची अस्पताल आएका थिए । समस्या जटिल देखिएपछि बुटवल रिफर गरिएकोमा दुई जनाको ज्या*न गएको र दुई जनाको उपचार भइरहेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनुभयो ।
साभार उज्यालो अनलाईन