सुमन सुनार, बुर्तिबाङ वैशाख २३ । कर्मफ्लाईट्स फाउण्डेशनपोखरा कास्कीले निसीखोलाका कोरोना प्रभावित गरिव, असाहय र अपाङ्गता भएका नागरिकहरुलाई राहत सामाग्री उपलब्ध गराएको छ । फाउण्डेशनले निसीखोला गाउँपालिका वडा नं. २ अर्नाकोटका ९० घरधुरीलाई राहत स्वरुप खाद्यान्न सामाग्री उपलव्ध गराएको हो ।
फाउण्डेशनका कार्यक्रम निर्देशक प्रेम कुँवरका अनुसार, अर्नाकोट माध्यमिक विद्यालयको सेवा क्षेत्र भित्र बसोबास गर्ने उनिहरुलाई प्रति परिवार ३० केजी चामल, १ केजी नुन, १ केजी दाल, आधा लिटर खाने तेल गरी झण्डै १ लाख ५४ हजार २ सय ५५ रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरिएको हो । राहत सामाग्री आज वडा कार्यालयको रोहबरमा एकद्धार प्रणालीबाट वितरण गरिएको जनाइएको छ ।
सामाजिक क्रियाकलापमा सक्रिय फाउण्डेशनले कोरोना भाईरस रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित बनेका गरिव, मजदुर तथा अति विपन्नहरुलाई सहयोग पु¥याउने उद्धेश्यले राहत सामाग्री वितरण गरिएको जनाएको छ । वडा अध्यक्ष कुविर विश्वकर्माको विशेष उपस्थीतीमा राहत सामाग्री प्रभावितहरुलाई वितरण गरिएको हो । राहतवितरण कार्यक्रममा अर्नाकोट माध्यमिक विद्यालयका प्र.अ. बेग बहादुर कँुवर सहित स्थानिय समाजसेवी, बुद्धिजिवीहरुको विशेष उपस्थीती रहेको थियो ।