कोरोना सर्ने भन्दै थुक लगाएर तास नखेल्न आग्रह गरेपछि हगांमा

कोरोना सर्ने भन्दै थुक लगाएर तास नखेल्न आग्रह गरेपछि हगांमा

Badigad Online
1 Min Read

सिन्धुपाल्चोक,वैशाख २३ । तास खेल्दा कोरोना संक्रमण फैलिने भन्दै सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाले तास नखेल्न अनुरोध गरेको छ । आज मंगलबार गाउँपालिकाले एक सूचना नै जारी गरी यस्तो अनुरोध गरेको हो । तास खेल्दा हात जिब्रोमा लगेर थुक लगाएर तास फिटिने हुँदा त्यसबाट कोरोना संक्रमण हुनसक्ने भन्दै गाउँपालिकाले गाउँपालिकाको वडा नम्बर १ अन्तर्गतका सबै टोलमा जुवातास नखेल्न तथा नखेलाउन सूचना जारी गरेको हो ।

यदि तास खेलेको पाइए तथा तासै खेलेर कोरोना संत्रमण भएको थाहा पाइए नेपाल सरकार गृहमन्त्रालयको कानुन अनुसार कारबाही गरिने गाउँपालिकाले चेतावनी दिएको छ । वडाध्यक्षद्धारा हस्ताक्षरित उक्त सुचनामा रुपैयाँ पैसाको आदानप्रदान गर्दा थुक लगाउँदा हात जिब्रोमा छुँदा कोरोनाको उच्च जोखिम हुने र त्यसो नगर्न आग्रह गरिएको छ । यसैबीच वडा कार्यालयको उक्त निर्णयको चौतर्फी आलोचना भएको छ । उक्त सुचनालाई लिएर सामाजिक सञ्जाल फेसबुकमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । तास खेल्नु गैर*कानुनी भएकोमा वडा कार्यालयले झन तास खेल्न प्रोत्साहित गरेको प्रतिक्रियाहरु आएका छन् ।

यस्तो छ सुचना

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित