विष्णु प्रसाद आचार्य,गुल्मी वैशाख २४ । नेपाल सरकारले चैत्र ११ गते देखि जारी गरेको लकडाउनका कारण यतिबेला बिहान बेलुका मजदुरी गरी जीविकोपार्जन गर्ने मजदुर वर्ग प्रभावित बनेका छन् । उनीहरुलाई काम गर्न नपाएपछि दैनिक जीवन यापनमा समेत कठिनाई भईरहेको छ । स्थानीय तहले त्यस्ता वर्गका लागि राहत वितरण कार्यक्रम त गरेका छन् नै त्यससगैं मुसिकोट जन्मथलो भई हाल विदेशमा कर्मथलो बनाएका सहयोगीहरुले पनि सहयोग गर्न थालेका छन् । विदेशमा आफु पनि कोरोनाका कारण प्रभावित भईरहेको अवस्थामा केही मनकारी सहयोगीहरुले राहत सामाग्री पठाएका छन् ।
यसैबीच अमेरिकाबाट बिष्णु कार्की र उहाँकी श्रीमती मिरा कार्कीले आफ्नो गाउँ गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ का गरिब मजदुरहरुलाइ राहत सामाग्री पठाउनुभएको छ । उहाले पठाएको रकमबाट त्यस वडाका ८० घरधुरी बिपन्न परिवारलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ राहत सामाग्री उहाँका ससुरा गोपाल खत्री र सासू देव कुमारी खत्रीले बितरण गर्नुभएको हो । खत्री दम्पतीले छोरी ज्वाईलाइ मानवीय उद्धारमा खेल्दै आएको भुमिका प्रती धन्यवाद दिनुभएको छ ।
राहत सामग्री त्यस वडामा पुर्याएन सञ्चारकर्मीले पहल गरेका थिए । रेसुङ्गा नगरपालिका लगायतका स्थानीयमा पनि राहत बितरण गरिने खत्रीले बताउनुभएको छ । मनकारी कार्की दम्पतीले भुकम्प पीडितलाई पनि राहत पठाउनुभएको थियो । त्यस्तै मसिकोट नगरपालिका २ मुसिकोटकी मीनादेवी रायमाझीले पनि आफनो ब्याक्तिगत खर्चमा मुसिकोट २ का १९ घरपरिवारलाइ २५ के जी चामल, १ के जी दाल , १ के जी नुन , १ केजी सोयाबिन र १ लिटर तेल प्रत्येक घरपरिवारलाइ थोरै भएपनि राहत हुने भन्दै वितरण गर्नुभएको छ । राहत ग्रह्ण गर्दै मीनादेवी रायमाझीलाइ स्थानियले धन्यवाद दिएका थिए ।
गुल्मीका तीन स्थानीय तहले सरकारसँग स्वास्थ्य सामग्रीको माग गरे
गुल्मीका तीनवटा स्थानीय तहले कोरोना भाईरसको सक्रमण परीक्षणका लागि सरकारसँग स्वास्थ्य सामाग्री लगायतको माग गरेका छन् । उनीहरुले परीक्षणका लागि चाहिने किट, पिपीई सेट लगायतका स्वास्थ्य सामग्री र गरिब मजदुरहरुलाई राहत वितरणका लागि सरकारबाट प्याकेजमा सहयोग हुनुपर्ने माग गरेका हुन् । जिल्लाका चन्द्रकोट गाउँपालिका , कालिगण्डकी गाउँपालिका र सत्यवती गाउँपालिकाका जनप्रतिनिधीहरुले यस्तो माग गरेका हुन् । प्रदेश सांसद तथा प्रदेशसभा लेखा परिक्षण समितिकी सदस्य गिता थापाको नेतृत्वमा जिल्ला समन्व्य समितिले गरेको अनुमगनका क्रममा उनीहरुले उक्त माग गरेका थिए ।
परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र पूर्वमन्त्री गोकण बिष्टले पठाएको पिपीई, स्पे्रगन लगायतको स्वास्थ्य सामग्री उपलब्ध गराए पनि त्यो प्रर्याप्त नभएकोले थप स्वास्थ्य सामग्री सरकारले उपलव्ध गराउनुपर्ने चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्रीले बताए ।
गाउँपालिका स्तरको क्वारेन्टाईनमा आवश्यक सबै प्रबन्ध मिलाइएको, वडास्तरका सबै स्वास्थ्य चौकीहरुमा पनि क्वारेन्टाईनको स्थापना गरिएको र विशेषगरी होम क्वारेन्टाईनमा राखेर जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी र समाजका सबै पक्षको सर्वपक्षीय संयन्त्र बनाएर निगरानी बढाइएको गाउँपालिका अध्यक्ष खत्रीले सांसद थापालाई अवगत गराएका छन् ।
सोही गाउँपालिका अनुगमन समितिकी संयोजक तथा गाउँपालिका उपाध्यक्ष राधिका अर्याल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले वडास्तर सम्मका क्वारेन्टाईनलाई आबश्यक पर्ने सबैखाले सामग्री तयारी अवस्थामा राखिएको, कोरोना बिरुद्धको जनचेतना कार्यक्रम सञ्चालन गरिएको र तेश्रो चरणको राहत वितरण समेत गरिएको जानकारी दिए । अन्य पालिकाहरुको तुलनामा चन्द्रकोट गाउँपालिकाले राहत वितरण कार्यक्रमको सांसद थापा लगायतको अनुमन टोलीले प्रशंसा गरेको थियो । त्यस्तै, कालिगण्डकी गाउँपालिकाले पनि लकडाउनलाई चुस्त राखेको र राहत वितरण पनि सन्तोषजक गरेको पाईएको अनुगमन टोलीले बताएको छ । गाउँपालिका अध्यक्ष वेदबहादुर थापा मगरले स्थानीय सरकारबाट कोरोना प्रतिरोधात्मक कार्यक्रम र राहत वितरणमा कमी हुन नदिइएको स्पष्ट पारे । तर किट ,पिपीई लगायतको स्वास्थ्य सामग्री पर्याप्त नभएकोले प्रदेश र संघीय सरकारबाट पठाउनुपर्ने माग उनले गरे ।
गाउँपालिका उपाध्यक्ष तारा थापा र प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले बाग्लुङ र पर्वत सिमानामा रहेको र त्यसतर्फबाट रुकुम रोल्पा कैलालीतर्फ जाने मजदुरहरुलाई उद्धार गरेर पठाउने कार्यमा कमी हुन नदिएको दाबी गरे । पछिल्लो चरण कालिगण्डकी गाउँपालिकाले बाग्लुङ्ग तर्फबाट कैलालीसम्म घर जान हिँडेर आएका १२ जना मजदुरहरुलाई उद्धार गरि गाडीमा राखेर त्यसतर्फ पठाएको थियो । त्यस्तै, सत्यवती गाउँपालिकामा रहेको आईसोलेशन कक्ष र क्वारेन्टाईन जिल्लामै नमूनायोग्य रहेको अनुमन टोलीले ठहर गरेको छ । मानव बसाईलाई आबश्यक सबैखाले सुविधायुक्त क्वारेन्टाइन र सुरक्षित आईसोलेशन कक्ष निर्माण गरिएको भन्दै सांसद थापाले सो कार्यको प्रसंशा समेत गरिन् ।
गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले विपद्मा अन्य विकास निर्माणको रकम रकमान्तर गरेर भएपनि गरिव मजदुर वर्गको उद्धारमा कमी हुन नदिइएको र बाहिरबाट सत्यवती भित्रिने मानिसहरुलाई सबैतिरका नाकमा हेल्थ डेक्स राखेर स्वास्थ्य परीक्षण गर्दै उनीहरुको तथ्याङक समेत राख्ने गरिएको बताए । गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक सुवर्ण शेरचनले राहत वितरणमा कतैबाट गुनासा नआउनेगरी काम गरिएको दावी गरिन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारीले प्रदेश सरकारसँग विभिन्न ३२ वटा योजनाहरु माग गरेर अनुमन समितिलाई बुझाएका छन् । चन्द्रकोट र कालिगण्डकी गाउँपालिकाले पनि १० ÷ १० वटा योजना माग गरेर प्रदेश सांसद गिता थापालाई बुझाएका छन् ।
ती गाउँपालिकाबाट आएका सुझाव र माग गरिएका योजनाहरु प्रदेश सरकारलाई पठाउने काम भइरहेको जिल्ला समन्व्य समितिका फोकल पर्सन रेशम भुसालले जानकारी दिए । लकडाउनको र राहत वितरणको अबस्थाबारे स्थलगत अनुमनका क्रममा प्रदेश सांसद थापा, जिल्ला समन्व्य समितिका सदस्य चेतन बस्नेत, जिल्ला समन्व्य अनुमन समितिका फोकल पर्शन कर्मचारी रेशम भुृसालले त्यहाँको स्वास्थ्य स्थिति र राहत वितरणका कार्यक्रमहरुको सुक्ष्म निरिक्षण गरेका थिए ।