घनश्याम गौतम २४ बैशाख । सांसद, नेता र जनप्रतिनिधिकै पहलमा बिभिन्न स्थानमा महिनौदेखि अलपत्र परेका आफ्ना क्षेत्रका नागरिकलाई गाडीको व्यवस्था गरेर गृह जिल्ला ल्याइएको खवरले अलपत्र नागरिकलाई राहत दिदा अन्य स्थानियलाई भने आशंका बढाएको थियो ।
बिश्वब्यापी माहामारीको रुपमा फैलिरहेको कोराना भाईरस कोभिड १९ को सक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको अवस्थामा आममानिसलाई सचेत बन्दै साबधानी अपनाउन आग्रह गरिएको छ । देश तथा बिदेशका बिभिन्न ठाँउबाट आएको मानिस होम क्वारेन्टाईन तथा स्थानिय सरकारले बनाएका क्वारेन्टाईनमा १४ दिन बस्ने सरकारले आग्रह गरेको छ भने क्वारेन्टाईनमा बस्न समाजिक रुपमा समेत आग्रह गरिदै आएको छ ।
केही दिन अघि मात्रै काठमाण्डौंबाट गलकोट आएका ६ जना सहित पाण्डबखानीका बिभिन्न क्वारेन्टाईनमा १८ जना मानिस बसिरहेका छन् । काठमाण्डौमा रहेका पाण्डवखानीका स्थानिय अलपत्र परेपछि गलकोटमा ल्याएर आएका सवारी चालक समेत क्वारेन्टाईनमा बसीरहेको गलकोट नगरपालिका वडा नम्रव १० पाण्डवखानीका वडा अध्यक्ष तिलक घर्तिले बताउनुभयो । घर्तिका अनुसार देशका बिभिन्न स्थानबाट आएका पाण्डबखानी बासी तथा कोरोनाको उपचार भैरहेको अस्पतालमा बिरामि लगेर फिर्ता आएका सवारी चालक अहिले क्वारेन्टाईनमा रहेका छन् ।
कारोना बाट बच्न र जोखिम न्युनिकरणको लागी क्वारेन्टाईनमा राखिएको भएपनि क्वारेन्टाईनमा सबै ब्यबस्थापन गर्न निकै गाह्रो भएको अध्यक्ष घर्तिको भनाई छ । पाण्डवखानीको सिद्धथान क्वारेन्टाईनमा ६ जना, काभ्रेको क्वारेन्टायृनमा २ जना ढुङ्गील क्वारेन्टाईनमा ३ जना रमुवाको क्वारेन्टाईनमा ६ जना र रमुवामै होम क्वारेन्टाईनमा १ जना गरि १८ जना क्वारेन्टाईनमा रहेको वडा अध्यक्ष घर्तिले जनाकारी दिनुभयो । काठमाण्डौंबाट आएका ६ जना, पोखराबाट आएका ६ जना, धौलागिरी अञ्चल अस्पतालमा अन्य रोगको उपचार गराई फर्केका ६ जना गरि १८ जनालाई क्वारेन्टाईनमा राखिएको हो ।
धौलागिरी अञ्चल अस्पतालमा कोरोना भाईरसको उपचारात बिरामीको नजिक पुगेको आशंका स्थानियमा बढेकाले क्वारेन्टाईनमा राखिएको वडा सदस्य राधिका पुनको भनाई छ । क्वारेन्टाईनमा रहेका स्थानियले भने आफ्नो स्वास्थ्य परिक्षणको लागी कुनै पनि स्वास्थ्यकर्मि क्वारेन्टाईनमा नआएको बताएका छन् । सिद्धथान क्वारेन्टाईनमा रहेका एक स्थानियले क्वारेन्टाईनमा खाद्यान्नको ब्यबस्थापन र सामान्य सोधपुछको लागी वडा अध्यक्ष आएपनि स्वास्थ्यकर्मिको नआएको गुनासो गर्नुभयो ।
गल्कोटमा रहेको सामुदायिक रेडियो गलकोट एफ.एम.को एक टोली क्वारेन्टाईनमा रहेका ब्यक्तीको अबस्थाबारे बुझ्न पाण्डवखानी पुगेको थियो । सामाजिक दुरी कायम गरि गरिएको कुराकानीका क्रममा क्वारेन्टाईनमा रहेका स्थानियले आफ्नो ज्वरो नाप्न, बिरामी बारे बुझ्न डाक्टरको टोलि ११ दिन सम्म पनि नआएको बताएका हुन् । १८ जना स्थानिय बैशाख २४ गते क्वारेन्टाईनमा बस्ने अबधि १४ दिन पुरा गरि घर फर्कीने वताईएको छ । (साभार गल्कोट एफएमको अनलाईन)