-डा. अरुणा उप्रेती । कुनै पनि व्यक्ति स्वस्थ हुनु भन्नाले रोगसँग लड्ने क्षमता हुनु हो । हामीले आफू स्वस्थ हुनुका निम्ति सर्वप्रथम विशेष रुपमा ध्यान दिनुपर्ने पक्ष भनेको हाम्रो आफ्नो खानपिन हो । हामीले खाने खाना स्वस्थ तथा सफा भएको खण्डमा त्यसले केही हदसम्म स्वत : हाम्रो शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास गर्छ । त्यसैले आफ्नो शरीरमा प्रतिरोधात्मक क्षमता बढाउनुका निम्ति विशेषगरी सर्वप्रथम आफ्नो आहारमा ध्यान दिन जरुरी छ ।
सामान्यतया व्यक्तिहरु पौष्टिकयुक्त आहारको नाममा धेरै खर्च गरिरहेका हुन्छन् । तर, व्यक्ति स्वस्थ्य बन्न तथा पौष्टिक आहार हामीले घरेलु खानाबाटै पनि प्राप्त गर्न सकिने हुँदा यसरी पौष्टिक खानाको नाममा बाहिर गरिने खर्च फजुल खर्च मात्रै हुन जान्छ । नेपालीको सन्दर्भमा भन्ने हो भने हामीले बिहान बेलुका खानाको रुपमा प्रयोग गर्ने दाल, खाना तथा रोटीहरु नै पौष्टिक आहाराको मुल स्रोतहरु हुन् । जसकारण शरीरमा कुनै पनि किसिमको समस्या वा मोटोपन नभएका व्यक्तिहरुले भने मिलाएर खाएको यस्ता खानपिनबाट मात्रै पनि शरीरलाई आवश्यक पौष्टिक तत्वहरु प्राप्त गर्न सक्छन् । अर्काे शब्दमा भन्नुपर्दा दैनिक रुपमा प्रयोग गर्ने स्थानीय खानाबाट नै शरीरले आवश्यक पौष्टिक तत्वहरु परिपूर्ति गर्न सक्छन् । स्थानीय खानाहरु अन्तर्गत निम्न खानाहरु पर्दछ :
दाल तथा गेडागुडी :
सामान्यतया नेपालीले खानाको समयमा विभिन्न गेडागुडीको सुपलाई दाल बनाएर खानासँग खाने प्रचलन रहेको छ । स्वास्थ्यको दृष्टिकोणले यी आहारा वास्तवमै नै स्वस्थ्यवद्र्धक छन् । यसरी विभिन्न गेडागुडीको सुप बनाएर खानाले एक स्वच्छ एवं ताजा माछा–मासु खाए बराबरको प्रोटिन प्रदान गर्छ । यसले शरीरमा फाइबर, कार्बाेहाइड्रेट, आइरन, एन्टीअक्साइड जस्ता आवश्यक तत्वहरु प्रदान गर्छ । यसैगरी चामल अर्थात , खानामा पाइने भिटामिन ए, सी र ई ले शरीरको बाहिरी सौन्दर्यको कभर मानिने छालामा फाइदा पु¥याउँछ, नै यसका साथै यसले शरीरका कोषहरुको वृद्धि विकासमा पनि मद्दत र्पुयाउँछ ।
हरियो तरकारी तथा सागसब्जी :
हरियो तरकारी एवं सागसब्जीलाई विशेषगरी भिटामिन ‘ए’, ‘सी’ र ‘के’ को बलियो आधार मानिन्छ । यसका साथै यी खानामा फाइबरको मात्रा पनि प्रचुर रहेको हुन्छ । यस्ता खानाको दैनिक प्रयोगले व्यक्ति स्वस्थ्य हुनुका साथै यसले व्यक्तिमा मोतिबिन्दु, दाँत तथा मांसपेशीको अनावश्यक दुखाइमा राहत र्पुयाउँछ ।
गहुँ र अन्न :
खाजा वा खानाको रुपमा लिने कोदो, गहुँ, जौ, धान, तोरी, मकैको रोटी वा विभिन्न परिकारले व्यक्तिलाई मोटोपनबाट टाढा रहन मद्दत गर्छ । अधिकांश रोगहरु व्यक्तिमा मोटोपनबाट नै हुने हुँदा यसले पनि व्यक्तिलाई स्वस्थ रहन मद्दत र्पुयाउँछ । यति मात्र नभई गहुँले रगतमा भएको सुगर पनि नियन्त्रण गर्न मद्दत गर्छ । यसरी दैनिक रुपमा कुनै न कुनै प्रकारको अन्नको प्रयोग गर्नाले यसले शरीरमा भएका पुराना (क्रोनिक) रोगको जोखिमलाई घटाउँछ ।
दुधजन्य पदार्थ :
दुध तथा दुधजन्य परिकार विशेषगरी शरीरको हाडजोर्नीको लागि उपयुक्त मानिन्छ । यसले शरीरमा न्युट्रिशनको मात्राबाट शरीर मेन्टेन गर्न मद्दत गर्छ । यसका साथैै यसले शरीरमा क्याल्सियम, पोटासियम, भिटामिन ‘डि’ तथा प्रोटिन समेत प्रदान गर्छ ।
माछा मासु
मासु भिटामिन ‘बी’ युक्त परिकार हो । यी परिकारमा पाइने फ्याट्स तथा प्रोटिनले पनि शरीरमा सकरात्मक ऊर्जाको विकास गराउँछ । मासु मनपर्ने व्यक्तिले घरमै पनि माछा मासु आफै बनाएर प्रयोग गर्न सक्छन् । तर, मासु खाने समयमा भने राम्ररी नपाकेको वा आधाकाँचो मासुको प्रयोग गर्नु हुँदैन । यसले झन् शरीरमा विभिन्न समस्या सिर्जना गर्ने हुदा माछा मासु राम्ररी पकाएर मात्रै खानु पर्छ ।
प्रशस्त पानी
पानी सबैको घरमा उपलब्ध सर्वसुलभ तरल पदार्थ हो । यो हाम्रो शरीरको निम्ति नभई नहुने अत्यावश्यक तरल पदार्थमध्ये एक हो । यसको प्रशस्त सेवनले शरीरमा फाइदा पुग्नुका साथै विभिन्न रोगहरुबाट बच्न मद्दत पुग्छ । त्यसैले शरीरमा पानीको कमी हुन नदिन हामीले जाडो वा गर्मी दुवै याममा शरीरलाई आवश्यक पानीको सेवन गर्नुपर्छ ।
यसका निम्ति हामीले बाह्य पेय पदार्थको सट्टामा यसको प्रयोग गर्न सकिन्छ भने चिसो ठाउँमा सुप तथा झोलिलो वस्तुको रुपमा पनि यसको प्रयोग गर्न सकिन्छ । यसरी घरमै उपलब्ध हुने यी खानाहरुबाट हामीले प्रशस्त मात्रामा स्वास्थ्य लाभ लिन सक्छौ । तर, भोक मेटाउनको निम्ति प्रयोग गरिने यी घरेलु खाना पनि एकै पटक नभई पटक–पटकमा मात्रा मिलाएर लिनुपर्छ । अन्यथा एकै समयमा उच्च प्रोटिनयुक्त खाना खानाले कहिलेकाहिँ हाम्रो शरीरले पचाउन नसक्ने पनि हुन्छ ।
फलस्वरुपः विभिन्न समस्या देखा पर्दछ । त्यसैले पनि हामीले खानाको मात्रा मिलाएर थोरै–थोरै गरेर पटक–पटकमा खानुपर्छ । यसका साथै हामीले बाहिर फास्ट फुड भनिने खानाको प्रयोग सकभर गर्नु हुँदैन । हाल मौसम परिवर्तनको समय पनि रहेको र अझ त्यसमाथि पनि कोभिड–१९, हङकङ फ्लु, स्वाइन फ्लुजस्ता संक्रमणहरुको भय फैलिरहँदा बजारमा बेच्न राखिएका खुल्ला खाना खानु भनेको रोगलाई निम्तो दिनु बराबर हो ।
त्यसैले बाहिरी प्रदुषित वातावरण तथा खानाबाट आफूमा कुनै पनि रोगको संक्रमण देखा नपरोस् भन्नको निम्ति बजारमा पाइने फास्ट फुड तथा जंक फुडहरुको प्रयोगबाट सकेसम्म टाढै रहनुपर्छ । र, यसो गर्नाले व्यक्ति स्वस्थ रहन्छ नै, यसका साथै व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि हुन्छ ।