तिलाचन पाण्डे, बैशाख २४ । लकडाउनको समय लम्बिदै जाने भएपछि जिल्लाको कालीगण्डकी गाउँपालिकाले खाद्य बैंक स्थापना गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण सरकारले जारी गरेको लकडाउनबाट पालिका भित्र खाद्य सकंट आउन नदिन खाद्य बैकंको स्थापना गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
पालिका भित्र ठुला व्यापारीहरु नभएको र खाद्यान्न भण्डारण गरेर राख्न सक्ने स्थिति समेत नभएपछि गाउँपालिकाले खाद्य बैंक स्थापना गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिनुभयो । उहाँले गुल्मी उद्योग वाणिज्य संघ र पालिका भित्रका ब्यापारीहरुसंगको सहकार्यमा खाद्यान्न बैंक स्थापना गर्न लागिएको जानकारी दिनुभयो ।
दैनिक गाडीहरुलाई पास दिई स्याङजाको मिर्मीबाट एक जीप खाद्यान्न ल्याएर बितरण गर्दा धेरै झन्झटिलो हुने र टिकाउ पनि नहुने भएकाले खाद्य बैंक स्थापना गर्नु बाहेकको बिकल्प नभएकाले यस्तो निर्णय गरिएको थापाको दाबी छ । १२ वटा स्थानीय तह रहेको गुल्मीका अन्य स्थानीय तहले पनि खाद्य बैकंको स्थापना गर्न थालेका छन् । खाद्य सकंट टार्न पूर्व तैयारी स्वरुप खाद्य बैकं स्थापना गर्न थालिएको पालिकाहरुले जनाएका छन् । (साभार खबरमार्केट)