झम सिर्पाली,बाग्लुङ वैशाख २४ । निसिखोला गाउँपालिकाले आधारभूत तहको परिक्षाको परिक्षाफल प्रकाशन गरेको छ । पालिका भित्रका कक्षा ८ सम्म संचालित १३ वटा विद्यालयका ५ सय ८ जना विद्यार्थीहरुको वार्षिक परिक्षाको परिक्षाफल बुधबार सार्वजनिक गरिएको हो ।
प्रत्येक विद्यालयका विद्यार्थीहरुको ग्रेड लेजर आ आफ्नो विद्यालयको School-EMIS मा अपलोड गरिएको र उक्त EMIS बाट नतिजा हेर्न सकिने गाउँपालिकाका नायब सुब्बा पुरुषोत्तम गौंतमले बताउनुभयो । साथै ग्रेड लेजर प्रत्येक विद्यालयमा समेत पठाईएको छ । गाउँपालिका स्तरीय आधारभूत शिक्षा परीक्षा गत फाल्गुन २६ गते देखि चैत्र ५ गतेसम्म संचालन गरिएको थियो ।
यसैबीच गाउँपालिका शिक्षा शाखाले तत्कालका लागि नयाँ शैक्षिक सत्रको भर्ना सुरु नहुने जनाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथामका कारण सरकारले जारी गरेको लकडाउनसगैं नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले तत्कालका लागि भर्ना कार्यक्रम नगर्न अनुरोध गरे बमोजिम सुचना प्रकाशन नहुञ्जेलसम्मका लागि कुनै पनि विद्यार्थी भर्नाका कार्यक्रम नगर्न पनि गाउँपालिकाले सम्पूर्ण विद्यालयहरुलाई अनुरोध गरेको छ ।