रामप्रसाद घिमिरे, बागलुङ २०७७ बैशाख २४ । जिल्ला प्रहरी कार्यलय बागलुङका नवागन्तुक प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरीले जिल्लाको शान्ति सुरक्षाको हकमा कुनै सम्झौता नगर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय काठमाडौबाट जिल्ला प्रहरी कार्यालय बागलुङको प्रमुख प्रहरी उपरीक्षक पदमा सरुवा भएर बैशाख २२ गते बागलुङ आईपुगेका प्रहरी उपरीक्षक चौधरीले जिल्लावासी आम नागरिकहरुलाई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन आफु शुन्य सहनशीलताका साथ काम गर्ने बताए ।
‘मैले मात्र एक्लैले केहि गर्ने होईन, हामीसंग सयौँ कर्मठ प्रहरीको समुह छ’, प्रहरी उपरीक्षक चौधरीले भने, ‘हामी सबैको मेहनत र नागरिकहरुको सहयोगले समाजमा विद्यमान अ*परा*ध एवं गलत क्रियाकलापहरुको अन्त्य गरी सुरक्षित समाजको निर्माण गर्न सकिने कुरामा म पूर्ण विश्वस्त छु ।’ उनले अन्य सुरक्षा सतर्कताका कार्यहरु नियमितरुपमा सन्चालन गर्ने पनि बताए ।
प्रहरी प्रमुख चौधरीले, ‘बागलुङमा लागु*पदार्थ दुर्व्य*शनको बढि नै असर छ भन्ने सुन्नमा आएको प्रशंग उल्लेख गर्दै, लागु*औषध दु*र्व्यसन, ओसार पसार तथा नियन्त्रणमा प्रहरी प्रतिवद्धताका साथ लाग्ने स्पष्ट पारे । उनले अभिभावक, नागरिक समाज संगको समन्वयमा लागु*औषध दु*र्व्यस*नलाई निरुत्साहित गर्दै लगिने पनि बताए ।
बर्तमान समयमा विश्वमहामारीको रुप लिएको करोना भाईरस (कोभिड १९) को संक्रमण फैलिन नदिन र यसको नियन्त्रणका लागी नेपाल सरकारले लकडाउन गरिरहेको बताउदै प्रहरी उपरीक्षक चौधरीले यसको पूर्ण पालना गराउन प्रहरी कटिवद्ध भएर लागेको बताए ।
पहरी प्रमुख चौधरीले लकडाउनको कार्यान्वयनमा आम नागरिकको सहयोग अपेक्षित रहेको चर्चा गर्दै सामाजिक दुरी (Social Distancing ) को पालना लगायत कोरोना भाईरस सम्वन्धी निर्देशन सुझावहरुको पालना गर्न जिल्लावासीलाई आग्रह गरे । भरखर मात्र आएको छु, जिल्लाका समस्याहरुका बारेमा बुझ्दै छु सरोकारवाला निकायहरु सवैसंग समन्वय गरी आवश्यक कदमहरु उठाउने उनले बताए ।