विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण यति बेला देश लकडाउन गरिएको छ । कोरोना रोकथामका लागि सघं प्रदेश र स्थानीय तहले विभिन्न योजना बनाएर अगाडी बढेका छन् । विशेषगरी स्थानीय तहलाई यतिबेला ठुलो जिम्मेवारी बहन गर्नुपर्ने स्थिति छ । कोरोना रोकथामका लागि पूर्वसतर्कताका कुरा त छन् नै त्यसैमाथी विपन्न परिवारमा राहत र क्वारेन्टाईन निर्माण देखि अन्य गतिबिधिहरु उनीहरुको काँधमा छन् । यसै सन्धर्भमा बाग्लुङ पश्चिमको ढोरपाटन नगरपालिकाले कोरोना सतर्कताका लागि अपनाएका उपायहरु र हालसम्म गरेका गतिबिधिका बारेमा नगरप्रमुख देवकुमार नेपालीसगं बडिगाड अनलाईनका सहसम्पादक सुमन सुनारले गर्नुभएको कुराकानीको सपांदित अशं ।
स्वागत छ मेयर साब बडिगाड अनलाईनमा ।
धन्यवाद
नगर भित्र कोरोनाको अवस्था के छ ?
यो समय कोरोनाको जोखिम भएको र त्यससगैं स्थानीय तहलाई अलि बढी जिम्मेवारी भएको हिसाबले पछिल्लो समय यही कोरोना रोकथामका लागि के गर्न सकिन्छ ? भन्ने मै ध्यान केन्द्रीत छ । हाम्रो ढोरपाटन नगरपालिकाको सन्दर्भमा कुराकानी गर्नुपर्दा अहिलेसम्म त्यस्तो कुनै सक्रंमित व्यक्ति फेला पर्नुभएको छैन् । र केही समय अगाडी कोरोना सक्रंमित युवतीसगैं एउटै जहाजमा आएका भनिएका अधिकारीचौरका एक युवाको पनि स्वाव सकंलनमा रिपोर्ट नेगेटिभ आएपछि उहाँ घरमै हुनुहुन्छ र यहाँको अवस्था सामान्य नै छ भनौँ । र भारत लगायत अन्य देशबाट आएका र पछिल्लो समय देशका विभिन्न ठाउँबाट नगरभित्र भित्रिएकाहरु निगरानी मै हुनुहुन्छ ।
र त्यस्तो कुनै अवस्था आएमा स्वास्थ्यकर्मीहरुलाई तैयारी अवस्थामा राखेका छौँ । विशेषगरी हामीले त यहाँ केही गर्न सक्दैनौँ यदि सक्रंमित भेटिईहाल्यो भने पूर्व तैयारी के गर्ने भन्नेमा हामी सचेत छौँ । र विभिन्न वडाहरुमा क्वारेन्टाईन निर्माण गरिएको छ सगैं बुर्तिबाङको उत्तरगगां उच्च माध्यमिक विद्यालयमा पनि क्वारेन्टाईन बनाईएको छ । यदी त्यस्तो स्थिति आयो र तत्कालै केही एक्सन लिनुपर्ने स्थिति आएमा उहाँहरुलाई ती क्वारेन्टाईनमा राख्ने र स्वाव सकंलन र परिक्षणको काम अगाडी बढाई उपचारका लागि पठाउने तैयारी छ । र सक्रंमित विरामीलाई लैजान ऐम्बुलेन्स पनि तैयारी अवस्थामा राखिएको छ ।
लकडाउनले विपन्न परिवार बढी प्रभावित बनेका छन् उनीहरुको लागि नगरको योजना ?
एकदमै । विशेषगरी दैनिक ज्यालामजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने मजदुर वर्गहरु यतिबेला एकदमै प्रभावित बनेका छन् । सगैं गरिव विपन्न वर्गहरु अपागंता भएकाहरुको हामीले लगत सकंलन गरेका थियौँ । र एकदमै विपन्न जसलाई चाहिँ यो कोरोनाका कारण दैनिक छाक अड्किने अवस्था छ उहाँहरुलाई सुरुमा नगरपालिकाको तर्फाबाट हामीले राहत र खाद्यान्न सामाग्री वितरण गरेका थियौँ । र विपन्न वर्ग अझै पनि रहेको र लकडाउन लम्बिँदै गएपछि अन्य वर्गपनि प्रभावित बनेको अवस्थालाई मध्येनजर गरेर मैले र मेरी धर्मपत्नी छेला नेपालीले हाम्रो व्यक्तिगत खर्चमा अहिले नगरपालिकाका विभिन्न ठाउँमा राहत वितरण गरिरहेका छौँ । आशा छ अवश्य पनि हामीले दिएको खाद्यान्न सामाग्रीले उहाँहरुको दैनिकी सहज हुनेछ ।
अझै पनि कोही नगरभित्र भोकै वस्ने स्थिति आएमा खबर गर्न पनि अनुरोध गरेका छौँ । यहाँका अधिकाशं परिवार घरमा उत्पादन भएको खाद्यान्नले ६ महिना पनि खान नपुग्ने स्थितिमा रहेकाले खाद्य सकंट सिर्जना हुन नदिन खाद्य बैकंको पनि भर्खर मात्र स्थापना गरेका छौँ । र खाद्य बैकंमा खाद्य स्टक गरेर राख्ने र त्यस्तो अवस्थामा उक्त सामाग्री प्रयोग गर्ने गरी तैयारी थाल्दैछौँ । र यदि त्यस्तो अवस्था आए नगरभित्रका नागरिकलाई ६ महिनासम्म म एक्लैले पाल्छु भन्ने प्रण गरेको छु त्यो पुरा गरेरै छाड्छु ।
कोरोना सतर्कताका लागि बजेट व्यवस्थापन कसरी गर्नुभएको छ ?
प्रथमत के छ भने नगर भित्र रहेका गरिब जनताहरु कोही पनि भोकै बस्नुपर्ने स्थिति नआओस् र पूर्व तैयारीका लागि भनेर गण्डकी प्रदेश सरकारको १० लाख आर्थिक सहयोग र नगरपालिकाको ७० लाख गरेर ८० लाख रुपैयाँ बराबरको कोरोना विपद कोष निर्माण गरेका छौँ । र जसबाट हामीले २ हजार १ सय घरधुरीलाई राहत वितरण गरेका छौँ । र पहिलो चरणमा यो प्रयाप्त भएनकी भनेर अझै दोस्रो चरणमा थप अझै केहीलाई राहत वितरणको तैयारी थालेका छौँ । र यसका लागि वडाका सबै वडाध्यक्षहरु आफ्नो आफ्नो ठाउँबाट खटिनुभएको छ ।
राहत वितरणमा राजनैतिक चलखेल भएको गुनासा अन्य ठाउँमा सुनिन्छन् यहाँ कस्तो छ अवस्था ?
एकदमै राम्रो प्रश्न गर्नुभयो । यो कस्तो हुँदो रैछ भने सुरुमा त हामी सबैले यो बुझ्नु जरुरी छ की वास्तविक पीडित को हो ? राजनैतिक आडमा सम्पन्नले पनि राहत लिन खोज्ने होडबाजी नहोस् भनेरै हामीले सुरुमा विपन्न परिवारको लगत सकंलन गरेका हौँ । उनीहरुको अवस्था बुझेर सर्वदलीय सर्वपक्षीय बैठकमा र उहाँहरुको रोहवरमै राहत वितरण हुन्छ । हाम्रो नगरपालिकाको सन्दर्भमा यस कुरामा हामी सबै सचेत छौँ । र यसमा खटिनुहुने सम्पूर्णलाई म बडीगाड अनलाईन मार्फत धन्यवाद पनि दिन चाहान्छु ।
पैसा भएका तर किनमेल गर्न कठिन भएका नागरिकहरुलाई खाद्य आपूर्ति सहज गराउन नगरको भुमिका कस्तो रहन्छ ?
हो पैसा नहुने विपतमा परेका कुरा एकातिर रह्यो । पैसा भएर पनि दैनिक किनमेल गर्न असहज स्थिति भएको भन्ने छैन् । किनभने हामीले नगरभित्र रहेका व्यापारीहरु र उद्योग वाणिज्य सघंसगंको समन्वयमा व्यवसाय सञ्चालनको निश्चित मापदण्ड बनाएका छौँ । र खाद्यान्नका पसलहरु प्राय खुल्ला नै रहेका छन् र उहाँहरुलाई पनि सामाजिक दुरी कायम गरेर विक्री वितरण गर्न आग्रह गरेका छौँ । र कुरा रह्यो ढुवानीको व्यापारीहरुलाई नगर भित्र खाद्य सामाग्री ढुवानीका लागि पासको व्यवस्था गरेका छौँ भने अन्य बाहिरबाट खाद्यान्न ढुवानी गर्नका लागि त खाद्यान्नका सवारीहरु चलिनैरहेका छन् ।
स्वास्थ्यकर्मीहरुलाई कसरी परिचालन गर्नुभएको छ ? अवस्था के छ ?
हामीले सुरु देखिनै नगरभित्र रहेका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन आवश्यक पीपीई, पञ्जा, सेनिटाईजर, मास्क लगायतका सामाग्रीहरुको उपलब्धता गराएका छौँ । अझै पनि १ सय थान पीपीई सामाग्री १० हजार मास्क नगरमा छन् । उहाँहरुलाई तैयारी अवस्थामा रहन र स्वास्थ्यको दृष्टिले स्वास्थ्य संस्थाबाट प्रदान हुने अन्य स्वास्थ्य सेवाहरुलाई सचेत रहेर प्रदान गर्न पनि आग्रह गरेका छौँ । सगैं हामीले गाउँगाउँमा पुग्नका लागि घुम्टी टोली पनि बनाएका छौँ । उहाँहरु फिल्डमा खटिएर काम गरिरहनुभएको छ । र हालै र्यापिड टेष्ट पनि सम्पन्न भएको छ । १ सय २७ जनाको परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।
आजसम्मको काममा के कस्ता चुनौतीहरु भोग्नुपर्यो ?
हामी नेपालीहरुको बानी के छ भने कसैले राम्रो काम गर्यो भने उसको खुट्टा तान्ने र कसरी उसलाई लडाउने भन्ने छ । काम गर्ने क्रममा समस्याहरु आउँछन्नै मैले यसलाई सिकाई र अनुभवको रुपमा लिन्छु । यकाद कोही साथीहरुले असयोग गरेपनि यो विषम परिस्थितिमा हामी सबै एकजुट हुनुपर्छ । यो समय कोरोनासगं लड्ने समय हो ।
सामाजिक सुरक्षा भत्ता वितरणमा केही टिकाटिप्पणी आए खासमा के हो ?
हो अस्तिमात्र सामाजिक सुरक्षा भत्ता वितरणको क्रममा धेरै भिडभाड भयो भनेर टिकाटिप्पणी आएका थिए । वास्तवमा त्यस्तो होईन् नगरपालिकाले कर्मचारीहरुलाई टोल टोलमै पुर्याएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । र यसबीचमा उक्त तस्बिरहरुलाई लिएर सामािजक दुरी कायम भएन लकडाउनको उल्लघंन भयो भन्ने जुन कुरा छ वास्तवमा त्यस्तो भएकै होईन् । हामी यस विषयमा निकै सचेत छौँ । यो हामीलाई तल पार्न गरिएको काम मात्रै हो । अनावश्यक भ्रम सिर्जना नगर्न मैले अनुरोध गर्दछु ।
लकडाउनकाबीच विकासे योजनाहरु कसरी अगाडी बढाउनु भा छ ?
ढोरपाटन नगरपालिकामा विकासका पूर्वाधारका काम जति पनि छन् ती कामहरु करिब ६०÷६५ प्रतिशत काम सम्पन्न भईसकेको अवस्था छ । र बाँकी रहेका योजनाहरु पनि सम्पन्न गर्नका लागि लकडाउनको पालना गरी सामाजिक दुरी कायम गरेर केही साना योजनाहरु सञ्चालन गर्ने तैयारीमा छौँ । यदि सम्भव भएन भने अर्को वर्षको लागि पनि सार्नु पर्ने स्थिति हुन्छ । सकभर लकडाउन खुकुलो नगरौँ की भन्ने हो तरपनि जेष्ठसम्म केही योजनाहरुलाई थाँती राखेर अन्य योजना सञ्चालन गर्ने की भन्ने सोँचमा छौँ । र लकडाउनलाई असर नगर्ने साना आयोजना स्थानीय उपभोक्ता, निर्माण व्यवसायी र जनताको सहयोगमा निरन्तरता दिने कोशिस गरेका छौँ ।
भावि योजना के छ ?
अरु भन्दा पनि हामी अहिले कोरोनाबाट सुरक्षित रहन के गर्ने भन्ने विषयमै छलफलमा छौँ । लकडाउन खुलीसकेपछि पनि कसरी अगाडी बढ्ने भन्ने बारेमा पनि केही तैयारीहरु थालिएको छ । सबैसगंको छलफल पछि भावि योजना कसरी अगाडी बढाउने भन्ने विषय तय गर्नेछौँ । अहिले तत्कालका लागि हाम्रो योजना भनेको हामी लकडाउनको पूर्व सतर्कताकालागि तैयारी अवस्थामा छौँ भनौँ ।
अन्त्यमा केही भन्नु छ ?
सर्वप्रथम त हाम्रो अभियानमा साथ दिनुहुने, र यो विषम परिस्थितिमा अहोरात्र खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी, सञ्चारकर्मी, कर्मचारी, जनप्रतिनिधिहरु, स्वास्थ्यस्वयं सेविकाहरुलाई धन्यवाद भन्न चाहान्छु । र सगैं कोरोनाको औषधी भनेका लकडाउनको पालना गर्नु नै हो । त्यसकारण सम्पूर्ण नगरबासीलाई मेरो अनुरोध के छ भने घर भित्रै बस्नुहोस् । अत्यावश्यकीय काम बाहेक एकान्तबासबाट बाहिर ननिस्कनुहोस् । कुनै स्वास्थ्य समस्या भए ऐम्बुलेन्स चाहिए या खाद्यान्न सकंट भए नगरपालिकामा जानकारी गराउनुहोस् । हामी सुरक्षित छौँ र सुरक्षित रहनुपर्छ । त्यसकारण यदी सकांस्पद लक्षण देखिएमा स्वास्थ्य संस्थामा खबर गरौँ । यही भन्न चाहान्छु ।
धन्यवाद ।
हजुर लगायत बडीगाड अनलाईनलाई पनि धन्यवाद ।