गुल्मीको मलायगिरी गाउँकी २२ वर्षीया गीता खड्का बुटवल बस्दै आएकी थिइन् । मलेसियामा रहेका श्रीमान् ईश्वर खड्काले उनलाई ५ वर्षीय छोरासहित बुटवलस्थित शहरमा लगेर डेरा गरेर राखेका थिए । सोमबार साँझ मात्रै श्रीमानसँग फोनमा कुरा भएको थियो केहिबेर । त्यसपछि दिदीको फोन आएको छ भनेर गीताले काटिन् । त्यसै दिन साँझ छोरासँगै लिएर कोठा बाहिर निस्किइन् ।
बुटवल उपमहानगरपालिका वडा नम्वर १९ को पत्थरगञ्जमा उनको डेरा थियो । घरबेटी दीपक सेनका अनुसार उनी करिब साँझ त्यस्तै साढे सात बजे उनी डेराबाट बहिर निस्केकी रहिछन् । सेनको घरमा गीताका आमा छोरा डेरा सरेको त्यस्तै छ सात महिना जति भएको रहेछ । मंगलबार विहान करिव सात बजेतिर उनको दिदीको घर नजिकै पर्ने रुखमा गीता अर्को एक पुरुष एउटै रुखमा डो*रीको पा*सो लगाइ झु*ण्डि*एको अवस्थामा फेला पर्छिन् ।
बुटवल मै डेरा गरि बस्ने मृतक गीताकी दिदी लक्ष्मी कुँवर क्षेत्रीले हिजो बिहान त्यस्तै चार बजेतिर मेरो कोठा भित्र छोरालाई जब*रज*स्ती धकेलेर अहिले आउँछु भन्दै हिँडेको बताउनुभयो । विहान सात बजेतिर एउटी महिला र पुरुष एउटै रुखमा झु*ण्डि*एको अवस्थामा रहेको खबर आएपछि हेर्न जाँदा मेरै बहिनी र फ्याक्ट्रीमा काम गर्ने केटा रैछ । हामीले बल्ल थाहा पायौँ । रातभरी उनीहरु फ्याक्ट्री पछाडीसंगै बसेका रहेछन् । त्यहीँबाट आएर छोरा मेरो कोठामा छाडेर हिडेपछि एकैसाथ आ*त्मह*त्या गरेका रहेछन् । मंगलबार उनीसंगै आ*त्मह*त्या गर्ने उदयपुरका २४ वर्षीय हीराबहादुर श्रेष्ठ हुन् । मंगलबार ईलाका प्रहरी कार्यालयमा आइ उनका दाजु रणबहादुर श्रेष्ठले भाईको श*व बुझेर लगेका छन् ।
बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी भिम भट्टराईले दुईबीच अवै*द्य सम्व*न्ध रहँदै आएको खुलेको बताउनुभयो । ‘हामीले थप अ*नुसन्धा*न गर्दैछौ,’ उहाँले भन्नुभयो । हीराबहादुर श्रेष्ठका दाईका अनुसार भाईले त्यस फ्याक्ट्रीमा काम गर्न लागेको डेढ वर्ष जति भयो । घरमा श्रीमती र ९ महिनाको छोरा छ । ‘छ सात महिनाअघि मात्र घरमा गएको थियो । श्रीमतीसँग पनि सम्वन्ध राम्रै थियो । यता अर्को महिलासँग झु*ण्डि*एर आ*त्म*हत्या गरेको खबर आए पछि बुटवल आएका हौंँ ।
अहिले भाईको श*व लिएर जाँदैछौं,’ उनले भने । उनकी श्रीमति र सन्तानको बि*चल्ली हुने भएको उनले पीडा सुनाए । उनका अनुसार उनीहरुको पुखेयौंली घर उदयपुरको चौबन्दी नगरपालिका भए पनि हाल बसाई सराई गरेर उनीहरु सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर ५ मा बस्दछन् । यता, उनकी गीताका ५ वर्षीय छोरा ठूली आमाको शरणमा छनन् । गीताको श*व बुझ्न उनका ६५ बर्षीय ससुरा रेशमबहादुर खड्का उनका भाई गणेश खड्का लगायत गुल्मीबाट बुटवल पुगेका थिए । मंगलबार बुहारीको श*व बुझेर खड्का परिवारले तिनहुँखोलामा दाहसंस्कार गरेका छन । मलेशियामा रहेका मृ*त*क गीताका श्रीमान किशोरले ईमोबाट कुरा गर्दै ग*हभरी आँ*शु पारे ।
‘के गर्ने ३ महिनादेखि लकडाउनका कारण कोठा बाहिर निस्कीन सकेको छैन् । साथमा पैसा पनि छैन । लकडाउनअघि चैत्र महिनामा यहाँको खर्च कटाएर ३५ हजार रुपैयाँ श्रीमतिलाई पठाएको थिए,’ उनले भने । ‘लकडाउन सुरु नहुँदै मेरो घर आउने फलाइट थियो । तर, श्रीमतिले अहिले नआउनुहोस अझै एक वर्ष थपेर उतै बस्नुस भनेकी थिइन् ’ उनले भने, ‘मैले पटक पटक पठाएको दश एघार लाखको हिसाब किताबको टुंगो छैन । कहिले कसलाई कहिले कसलाई दिएको छु भन्थिन् । तर उनीहरुलाई सोध्दा लगिसकेको बताउँछन् ।’ ‘अब मसंग पैसा पनि छैन श्रीमति पनि छैन,’ उनले भने । (साभार रातोपाटी)