गुल्मी वैशाख २५ । गुल्मीको मालिका गाउँपालिकाकाका एक युवकको भारतमा मृ*त्यु भएको छ । गाउँपालिकाको वडा न २ दर्लिङ स्थायी घर भएका केशव घर्तीको ज्या*न भएको हो । रोजगारीका लागि केही समय अगाडी भारतको पुना गएका उनको नुहाउने क्रममा पोखरीमा डु*बेर मृ*त्यु भएको बताईएको छ ।
यद्यपी घ*टना के कारणले भयो भन्नेबारे भने अझै पनि पत्ता लाग्न नसकेको उनका साथीहरुले बताएका छन् । उनी बिहिवार नुहाउन भन्दै एक्ले नजिकै रहेको पोखरीमा गएको उनीहरुको भनाई छ । लामो समयसम्म पनि कोठामा नफर्किएपछि खोज्न जाँदा उनी मृ*त अवस्थामा फेला परेको उनीहरुको भनाई रहेको छ ।
त्यस्तै गुल्मीका एक युवा बहराईनमा मृ*त अवस्थामा फेला परेका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नं ६ पुर्कोट दहका मिन बहादुर केसी बहराईनमा मृ*त अवस्थामा फेला परेका हुन् । वैदेशिक रोजगारीको शिलशिलामा विगत दुई वर्ष देखि बहराईन पुगेका केसीको रह*स्य*मय तरिकाले मृत्यु भएको छ । उनले विदेशमा मजदुरी गरिरहेको करार समय अवधि केही महिना अघि नै सकिएको र घर फर्किने तैयारीमा रहेको तथा हवाई टिकट समेत लिएको बताईएको छ ।
तर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका सम्पूर्ण हवाई उडान बन्द भएका कारण उनी नेपाल आउन सकेका थिएनन् । तर यहि विच अवधीमा उनको र*हस्य*मय तरिकाले मृ*त्यु भएको छ । घ*टना के कारणले भयो भन्ने बारेमा थाहा हुन सकेको छैन् । उद्यपी उनीसगैं एउटै कोठामा बस्ने उनका साथीहरुले समय समयमा आफ्नो बोली परिवर्तन गरिरहेको र जसले गर्दा बुझ्न कठिनाई भएको पारिवारिक श्रोतले बताएको छ ।
उक्त घटना हुनुभन्दा अघिल्लो दिन दिउँसो ४ बजे केसी कोठाबाट निस्किएको तर केसी सगैं बस्ने साथीहरुले अर्को दिन मात्र मृ*त अवस्थामा फेला पारेका थिए । उनको किन खोजी गरिएन भन्ने पश्न गर्दा अन्त कतै गएको होला भनेर ख्यान नगरेको प्रतिक्रिया दिएका छन् । कम्पनीले भने साथीहरुलाई म्यासेज गरेर श*व भेटिएको भन्ने खबर पाएको बताए ।