काठमाडौं, २५ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को विषयमा अध्ययन गरिररहेका चिनियाँ प्राध्यापक बिङ लीको अमेरिकामा गो*ली हा*नी ह*त्या भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागका सहायक प्राध्यापक रहेका ३७ वर्षीय ली शनिबार आफ्नै घरमा मृ*त भेटिएका थिए ।
स्थानीय प्रहरीका अनुसार एक बिङ लीको टाउको, छाती, हात खुट्टा र गर्दनमा गो*ली लागेको छ । प्रहरीका अनुसार ४६ वर्षीय सफ्टवेयर इन्जिनियर हाउ गुले उनको गो*ली हा*नी ह*त्या गरेका हुन् । तर, ह*त्या गरेपछि उनले पनि आ*त्मह*त्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बिङ ली र हाउ गु मिल्ने साथी थिए । उनले बिङको ह*त्या गरेर फर्किँदा हाउ गुले कारमा आ*त्मह*त्या गरेका हुन् ।
बिङसँग काम गरिरहेका मानिसहरुका अनुसार बिङ कोभिड–१९ को विषयमा निकै महत्वपूर्ण खोजको नजिक पुगेका थिए । यस्तो अवस्थामा उनको ह*त्या भएको हो । बिङ लीले सिंगापुरमा स्नातक र पीएचडीसम्मको अध्ययन गरेर अ*नुसन्धा*नको लागि अमेरिका गएका थिए ।
यससँगै सामाजिक सञ्जालमा यस विषयमा विभिन्न अफवाह फैलिएका छन् । बिङ लीको जनाजान अमेरिकामा ह*त्या गरिएको समाचार फैलिएका छन् । चिनियाँ सामाजिक सञ्जाल वीबोका एक प्रयोगकर्ताले बिङ ली अमेरिकाको प्रयोगशालामा कोरोना भाइरस निस्किएको भन्ने पत्ता लगाउने नजिक पुगेको कारण उनको ह*त्या गरिएको बताएका छन् ।
यसअघि चिनियाँ अधिकारी र सरकारी सञ्चारमाध्यमले अमेरिकी सेनाले कोरोना भाइरस वुहानमा ल्याएर छाडेको आ*रोप लगाएका थिए । साथै धेरैले अमेरिकामा चिनियाँ नागरिकको सुरक्षाको विषयमा प्रश्न उठाएका छन् भने केहीले यो विषय निकै र*हस्य*मयी भएको बताएका छन् । जाँचकर्ताहरुले भने अहिलेसम्म बिङ लीको ह*त्याको सम्बन्ध कोभिड–१९ को अध्ययनसँग जोडिएको कुनै प्रमा*ण फेला नपरेको बताएका छन् ।
स्रोत : बीबीसी