जमाना यति छिटो परिवर्तन भयो कि मान्छे हरुले जे पनि अनलाइनमै काम गर्न लागे |अनलाइन बाट श्रीमती पाउँछन, अनलाइन बाटै नोकरी पाउछन भने पढाइ पनि अनलाइन मै हुन् थालेको धेरै भएको छैन | इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBay, OLX र quikr | यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ | केहि बर्ष देखि, विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ | पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ |
तपाई संग नेपाली पुरानो नोट छ ? यसरि बिक्रि गर्नुहोस इन्टरनेटमा ! eBay को एउटा खाता खोल्नुहोस आफु संग भएको पुरानो नोटको एउटा ठुलो साइजमा क्लियर फोटो खिच्नुहोस् ! नोटको विविरण, सिरियल नम्बर, कुन जमाना छापिएको हो सबै उल्लेख गर्नुहोस | तपाईले खिचेको नोटको सफा फोटो लाइ eBay को वेबसाइटमा अपलोड गर्नु होस् |
आफुले कति सम्ममा कसैले किन्न आए दिने ? मुल्य खुलाउनु आवस्यक छ | eBay को वेबसाइटमा नक्कली नोट अपलोड गर्न पाइदैन त्यसैले गलत धन्दा गर्छु भने जे पायो त्यहि अपलोड नगर्नु होला ! eBayको नियम अनुसार नक्कली सामग्री बेच्न पाइदैन त्यसैले सत्य र सहि मात्र बिक्रि गर्नु होला | eBay एउटा माध्यम हो डिल व्यक्तिगत तरिकाले पनि गर्न सकिन्छ !