गुल्मी मुसिकोटका यी अचम्मका जोडीको मनै रुवाउने प्रेम कथा (भिडियो सहित}

गुल्मी मुसिकोटका यी अचम्मका जोडीको मनै रुवाउने प्रेम कथा (भिडियो सहित}

Badigad Online
3 Min Read

दिपक नेपाली गुल्मी, वैशाख २५ । प्रेम मानव जीवनको भावनात्मक शब्द हो । तर, यसलाई परिभाषित गर्न असम्भव छ । प्रेमलाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन् । जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं तर अनुभव गर्न सक्छौं । त्यस्तै प्रेम पनि एक भावना हो । जस्तै हामीले यो जोडिलाई हेर्न सक्छौ यो जोडीले नत रुप हेरेर माया गरे नत धम सम्पती नत कुनै जात यो जोडी साचीकै भावनात्मक जोडी हो ।

आज बिहान बेलुका खान समेत धौ धौ भएको यो अबस्था हुदा पनी हासी खुसी जिन्दगी बिताएको देख्न सक्छौ । यो उनीहरुको साचो प्रेम हो । यो दुनियाँमा सबै भन्दा बढी चर्चा कुनै कुराको भएको छ भने त्यहो हो प्रेम । प्रेमको विषयमा जति गीत र कविता कुनै पनि विषयमा लेखिएका छैनन् । अधिकांश कथा उपन्यास र चलचित्रको मुख्य विषय पनि प्रेम नै हुन्छ अनी हामीलाई हेर्न सुन्न र पढन उतीकै मज्जा आउछ ।

गुल्मी जिल्लाको मुसिकोट नगरपालीका वडा नम्बर ५ तल्लाफाँट मा अस्थाई बसोबास गदै आएका बसन्ती बि.क र बुद्ध विकले अन्तर* जा*तीय विवाह गरेका हुन् । श्रीमती बसन्ती बि.क होचो व्यक्ती हुन र बुद्ध भने अरु सामान्य व्यक्ति जस्तै रहेका छन् । उनीहरुको यो जोडी देखेर धेरै जना अचम्मित हुने गरेका छन् । एक त अ*न्तर*जातीय विवाह त्यसैमाथी पनि होँचो व्यक्ति र अग्लो व्यक्तिको प्रेम विवाह धेरैले निकै अनौठो मान्ने गरेका छन् । उनीहरुको जोडि देखेर ।

भनिन्छनी प्रेममा हरेक कुरा सम्भव छ । बसन्ती मगर जातिकी युवती हुन् भने उनका श्रीमान विक थरका । उनीहरु गाउँमा छँदै प्रेममा परे । विस्तारै नजिकिँदै गएका उनीहरु बुद्ध भारतमा मजदुरी गर्न गएका थिए । पछि उनी फर्किएपछि उनीहरुको माया झनै प्रगाढ भयो । छर छिमेक र आफन्तले पनि अलि अलि हल्ला सुन्न थाले । त्यसपछि बसन्तीलाई परिवारले तल्लो जातको केटासगं विवाह गर्न हुन्न भनेर विभिन्न कुराहरु सुनाउन थाले । त्यसका बाबजुद पनि साँचो प्रेम गरेकी उनले बुद्धलाई छाड्न सकिनन् । अन्तत उनीहरुले गाउँ नै छाडेर भागेर प्रेम विवाह गरे । उनीहरुको घर खासमा पराल्मी हो । तर अहिले उनीहरु घर परिवार सबै त्यागेर मुसिकोटको तल्लाफाँटमा बस्दै आईरहेका छन् ।

उनीहरुको कहानी सबै हेर्दे र बुझदा साचीकै हाम्रो जगतमा साचो माया गर्ने मुना र मदन जस्तै अजै कसैले प्रेम गर्न सक्छन भन्ने उधाहरण बनेको छन । बसन्तीले बुद्ध संग भागेर बिहे गरिन उनी भागेर बुटवल हुदै सदरमुकाम र अर्घाखाची सम्म पुगेको र घर परिवारले सम्बन्ध छुटाउन धेरै प्रयास गरेको बताईन । अहिले उनी कसैले गरु बान्ने गोठमा बस्दै आएका छन् । घरमा खाने खर्च छैन ओढने कपडा बस्ने बास समेत गतिलो छैन तर एक अर्कोमा खुसीको साथ जिन्दगी साटेका छन । बुद्ध अहिले खोलामा बालुवा निकाल्ने र साहुको काम गरेर श्रीमतीलाई खुसी राख्ने प्रयास गरेका छन उनीहरुको अहिले अहिले ३ बर्षकी छोरी पनी छिन ।

बाँकी भिडियोमा हेर्नुहोस्

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित