छविलाल पाण्डे,बाग्लुङ वैशाख २५ । नेपाली काँग्रेसका क्षेत्रिय सभापती दोर्णकुमार कुवँर लगाएतको टोलीद्धारा क्षेत्र नं.२ बागलुङका सबै पालिकामा पुगेर स्वास्थ्य सामाग्रि वितरण कार्यक्रम सम्पन्न भएको छ । बागलुङ ढोरपाटन समाज हङकङद्धारा उपलब्ध गराइएको थर्मलगन र पार्टीको तर्फदेखि पीपीई लगाएत अन्य स्वास्थ्य सामाग्रि सबै पालिकामा पुगेर हस्तान्तरण गरीएको नेता कुवँरले बताउनुभयो ।
हिँजो गल्कोट नगरपालिका र ताराखोला गाउँपालिकामा र आज वडिगाड गाउँपालिकामा पुगेर उक्त स्वास्थ्य सामाग्री वितरण गरिएको हो । वडिगाड गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत वालकृष्ण सुवेदीलाई १२ थान थर्मलगन, २ थान पीपीई, एक लिटर सेनिटाईजर, सोडियम हाईड्रोक्लोरिन ५ लिटर , स्प्रे मेशिन एक थान हस्तान्तरण गरीएको हो । उक्त स्वास्थ्य सामाग्रि गाउँपालिका भरका स्वास्थ्य संस्थामा पुर्याउने गरी गाउँपालिकालाई जिम्मा दिइएको नेता कुवँरले बताउनु भयो ।
उक्त सामाग्री प्राप्त भएसँगै प्रमुख प्रशासकिय अधिकृत सुवेदीले कोरोना भाइरस कोभिड १९ का कारण स्वास्थ्य क्षेत्रमा देखिएको चुनौतिलाई बुझ्दै बागलुङ ढोरपाटन समाज हङकङ र नेपाली काँग्रेस क्षेत्रिय समितिले गरेको सहयोग उदाहरणिय रहेको बताउँदै सहयोग गर्ने दुबै संस्थालाई धन्यबाद ज्ञापन गर्नुभयो । आयोजित कार्यक्रममा नेता कुवँरले बोल्दै पछिल्लो समय विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व आक्रान्त बनिरहेको अवस्थामा नेपालको हकमा समेत त्यसको प्रत्यक्ष प्रभाब परिरहँदा देशका नागरीक र स्वास्थ्य क्षेत्रलाई व्यवस्थापन गर्नु, सहयोगमा एकताबद्ध हुनु सबैको दायित्व रहेको बताउँदै आफनो पार्टी र नेपाली जनताको समस्यालाई आत्मसाथ गरी वैदेशिक रोजगरी र पेशा व्यवसायमा रहनुभएका प्रबासी बागलुङ ढोरपाटन समाज हङकङमा आवद्ध दाजुभाईहरुले समन्वयकारी रुपमा सहयोग अगाडी बढाइएको बताउँदै यस्तो विपदको समयमा सबैले आ–आफनो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनु भयो ।
आयोजित कार्यक्रममा नेकपा वडिगाड गाउँपालिका सम्योजक गुणानिधी आर्चाय, नेपाली काँग्रेस वडिगाड गाउँपालिका सभापती अर्जुन खरेल, नेपाली काँग्रेस जिल्ला सदस्य गण्डकी थापा, महाधिवेशन प्रतिनिधी मञ्जेशवम मल्ल, सोम पौवी, जिल्ला सदस्य सरस्वती आर्चाय , क्षेत्र नं.२ पार्टी सचिव दिपेन्द्र श्रेष्ठ, वडा नं.६ का अध्यक्ष मौसम काजी क्षेत्री, वडा नं.९ का अध्यक्ष कृष्ण बहादुर खत्री, वडा सदस्य दिपेन्द्र केशि, चुडामणि छन्त्याल, स्वास्थ्य कर्मि चुडामणि कँडेल सित्तल शर्मा लगायतको रोहवरमा उक्त स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरीएको थियो ।
त्यसैगरी हिँजो गल्कोट नगरपालिका मेयर भरतसर्मा गैरे, उपमेयर रेनुका काउचा, राजनैतिक दलका प्रतिनिधी लगाएतको रहोभरमा स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरीएको छ । गलकोट नगरपालिकाका सबै स्वास्थ्य सस्थामा सहज रुपमा सेवा उपलब्ध गराउन नगरपालिकालाई थर्मलगन १३ पिस, स्प्रे मेशिन १ सेट, सोडियम हाइड्रोक्लोराइड ५ लिटर, सेनिटाईजर २ लिटर, माक्स ,पिपिई स्पेशल २ सेट र पिपिई साधारण २ सेट लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरीएको नेता कुवरको भनाई छ ।
गलकोट नगरपालिकामा गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले स्वास्थ्य समाग्री उपलब्ध गराएको भन्दै वागलुङ ढोरपाटन समाज हङकङ र नेपाली कांग्रेस क्षेत्र नम्बर २ लाई ध्न्यवाद ब्यक्त गर्नुभएको थियो । सो अबसरमा गलकोट नगरपालिकाका सबै स्वास्थ्य सस्थाका प्रमुखहरुलाई थर्मलगन, सेनिर्टाजर तथा माक्स लगाएतका सामाग्री हस्तान्तरण गरिएको प्रशासकिय अधिकृत राजन कडेलको भनाई छ ।
यसैबिच ताराखोला गाँउपालिका भित्रका सबै स्वास्थ्य सस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरीएको छ । ताराखोलाका सबै स्वास्थ्य सस्थामा सहज रुपमा उपलब्ध गराउन गाउँपालिकालाई थर्मलगन ६ पिस, ६ बक्स ग्लोव्स, सोडियम हाइड्रोक्लोराइड ५ लिटर, सेनिटाईजर, साबुन, सिटामोल, जिवनजल, पिपिई ६ सेट लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य सामग्री प्रदान गरेको भन्दै ताराखोला गाँउपालिकाका अध्यक्ष प्रकाश घर्तिले वागलुङ ढोरपाटन समाज हङकङ र नेपाली कांगेस क्षेत्रीय समिति बागलुङलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उता ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपाकिलाकामा समेत पालिका प्रमुखलाई स्वास्थय सामाग्रि हस्तान्त्रण भइसकेको छ । बागलुङ क्षेत्र नं.१ अन्तर्गतका ४ पालिकामा रहेको सबै स्वास्थय सँस्थालई सामाग्रि पुर्याउने गरी प्रदेश २ (ख) का साँसद खिमविक्रम शाहिलाई जिम्मा दिइएको थियो ।