गुल्मीका ६९ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

गुल्मीका ६९ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

Badigad Online
3 Min Read

गुल्मी वैशाख २५ । जिल्लामा पछिल्लो समय स्वाब संकलन गरी पठाईएका ६९ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालयले यहि वैशाख २३ गते जिल्लाको रेसुङ्गा नगरपालिका र धुर्कोट गाउँपालिकाबाट ६९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाएको थियो ।

जसमा रेसुङ्गा नगरपालिकामा स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा बनाईएको क्वारेन्टाइनमा रहेका १५ जना तथा धुर्कोट गाउँपालिकामा रहेका ५४ जनाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वाथ्य कार्यालयका प्रमुख डा.भवानी प्रसाद शर्माले जानकारी दिनुभयो । जिल्लामा अहिलेसम्म १ सय ४० जनाको ¥यापिड डायग्नोस्टिक टेष्ट (आर.डि.टि) परीक्षण गरिएको डा.शर्माले बताउनुभयो ।
उहाँका अनुसार सबै रिपोर्ट नेगेटिभ देखिएको छ । महेन्द्र नमूना माध्यमिक विद्यालयमा रहेको आइसुलेशनमा १ जना रहेका छन् ।

सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ । गुल्मीमा १ सय १८ जना क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य कार्यालय गुल्मीको तथ्याङ्क अनुसार महिला १६ र पुरुष १ सय २ जना रहेका छन् । क्वारेन्टाइनमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय गुल्मीका कार्यालय प्रमुख डा.भवानी प्रसाद शर्माले जानकारी दिनुभयो । जसमध्ये जिल्लाको रेसुङ्गा नगरपालिका स्थित महेन्द्र नमुना माध्यमिक बिद्यालयमा बनाईएको क्वारेन्टाइनमा १५ जना पुरुष रहेका छन् । धुर्कोट गाउँपालिकाको नयाँगाउँ माध्यमिक बिद्यालयमा बनाईएको क्वारेन्टाइनमा ३ महिला र ४१ पुरुष गरी ४४ जना रहेका छन् । त्यस्तै परमानन्द भण्डारी बुहुमुखी क्याम्पस धुर्कोटमा ४ जना पुरुष क्वारेन्टाइनमा रहेका छन् ।

सोही गाउँपालिकाको वाग्ला स्वास्थ्यचौकीमा २ जना पुरुष तथा गणेश माध्यमिक बिद्यालयमा बनाईएको क्वारेन्टाइनमा ९ जना पुरुष रहेका छन् । इश्मा गाउँपालिका स्थित रहेको पालुखा माध्यमिक बिद्यालयमा बनाईएको क्वारेन्टाइनमा २ जना पुरुष रहेका छन् । ठाडढुङ्गा माध्यमिक बिद्यालयमा १ महिला, १७ पुरुष गरी १८ जनाक्वारेन्टाइनमा रहेका छन् । सोही गाउँपालिकाको आनन्दपुर माध्यमिक बिद्यालयमा १० महिला १ पुरुष गरी ११ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै हस्तीचौर माध्यमिक बिद्यालयमा १ पुरुष र १ महिला गरी २ जना क्वारेन्टाइनमा रहेका छन् । यता गुल्मीदरबार गाउँपालिका स्थित रहेको बलिथुम स्वास्थ्य चौकीमा निर्माण गरिएको क्वारेन्टाइनमा २ जना पुरुष रहेको बताईएको छ ।

स्वामी पोखरी प्राथमिक बिद्यालयमा १ जना महिला क्वारेन्टाइनमा रहेकी छिन् । कालिगण्डकी गाउँपालिकास्थित प्रारम्भिक निम्न माध्यमिक बिद्यालयमा ६ जना पुरुष क्वारेन्टाइनमा रहेका छन् । चन्द्रकोट गाउँपालिकामा २ जना क्वारेन्टाइनमा रहेका छन् । जिल्लामा अहिलेसम्म १ सय ३४ जनाको ¥यापिड डायग्नोस्टिक टेष्ट (आर.डि.टि) परिक्षण गरिएको डा.शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार महिला २५ र पुरुष १ सय ९ जनाको आर.डि.टिद्धारा परिक्षण गरिएको छ । आर डि टिपरिक्षण गरिएका १ सय ३४ जनाको रिपोर्ट नेगेटिभ आएको डा.शर्माले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित