एक वर्षमा एक लाखभन्दा बढी मानिसको मृ*त्यु हुने चेतावनी

एक वर्षमा एक लाखभन्दा बढी मानिसको मृ*त्यु हुने चेतावनी

Badigad Online
1 Min Read

ऐजेन्सी ,वैशाख २६ । विश्व स्वास्थ्य संगठनले अफ्रिकामा कोरोना महामारीलाई लिएर सावधानी नअपनाए एक वर्षमा एक लाखभन्दा बढी मानिसको मृ*त्यु हुने चेतावनी दिएको छ । संगठनले गरेको एक अध्ययनमा कोभिड–१९ महामारीको रोकथाममा ध्यान नदिँदा पहिलो वर्षमा अफ्रिकाका झन्डै ४७ मुलुकमा गरि एक लाख ९० हजारको मृ*त्यु हुन सक्ने र चार लाख ७ हजारभन्दा बढी संक्रमित हुन सक्ने चेतावनी दिएको हो ।

यसैबीच बेलायतमा कोरोना भाइरसका कारण मृ*त्यु हुनेको संख्या ३० हजार नाघेको छ । बेलायतका विदेशमन्त्री डोमिनिक रबले नियमित जानकारी दिने क्रममा बेलायतमा हालसम्म कोरोना भाइरसका कारण ३० हजार ६ सय १५ जनाको मृ*त्यु भएको बताउनुभयो । यसैबीच बेलायतमा महामारीका बीच प्रधानमन्त्री बोरिस जोनसोनले आउने साता लकडाउन खुकुलो बनाउने तयारी सुरु गर्नुभएको छ ।

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस कोभिड–१९ का कारण विश्वभर सङ्क्रमित हुनेको संख्या ३९ लाख नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म विश्वभर कोरोनाका कारण झन्डै ३९ लाख १२ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित