पति विदेशको क्वारेन्टाईनमा : आखिर पत्नीले किन गरिन अर्केसगं आ’त्मह*त्या ?

पति विदेशको क्वारेन्टाईनमा : आखिर पत्नीले किन गरिन अर्केसगं आ’त्मह*त्या ?

Badigad Online
4 Min Read

बुटबल वैशाख २६ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१९ मोतिपुरकी लक्ष्मी कुँवर क्षेत्रीको ढोकामा बिहान साढे ४ बजे ढकढक आवाज बज्यो । बिहानै ढोकामा ढकढक भएपछि क्षेत्रीले सोधिन् , ‘को हो हँ ?’ ढोका नखोल्दै जवाफ आयो, ‘दिदी म गीता हो । ढोका खोल्नुहोस् न छिटो ।’

उज्यालो नहुँदै बिहान ढोका खोल्दा बहिनी गीताले छोरा समातेर ढोका नजिकै उभिएको देखेर उनी छक्क परिन् । उनले सोधिन् ‘किन यति बिहानै आएकी ?’ ‘दिदी म एकैछिनमा आउँछु है’ भनेर छोरोलाई घरभित्र धकेलेर गीता दौडिएर गइन् । ‘कहाँ गएकी होला ?’ लक्ष्मीले खुट्याउन सकिनन् । एकछिनपछि गीताले पर*पुरुषसँग डोरीमा झु*ण्डिएर आ*त्मह*त्या गरेको खबर गाउँभर फैलियो । नजिकैको नहरमा रहेको सिसौको रुखमा गीता र एक जना पुरुष एउटै डोरीमा पाँ*सो लगाएर झु*ण्डिएका गाउँलेले देखे । लक्ष्मीलाई शुरूमा त विश्वास लागेन ।

उनी घट*नास्थलमा पुग्दा बहिनी गीता डोरीमा झु*ण्डिएको आफ्नै आँखाले देखिन् । लक्ष्मीलाई सम्हालिन गाह्रो भयो । जसरी–तसरी घर आइन् । घरमा आउँदा गीताका ५ वर्षीय छोराले सोधे, ‘ठूलीमम्मी मम्मी कतिखेर आउनुहुन्छ ?’ उनीसँग सहज जवाफ थिएन । बुटवल उपमहागरपालिका–१९ मोतिपुर पत्थरगञ्जमा एउटै डोरीमा झु*ण्डिएर २ जनाले आ*त्मह*त्या गरेको घट*नामा प्रहरीले अनु*स*न्धान गरिरहेको छ । आ*त्मह*त्या गर्ने दुवै विवाहित हुन् । झण्डै ८ महिनाअघि लक्ष्मीकी बहिनी गीता खड्का क्षेत्रीलाई उनका पतिले डेरामा राखेर विदेश गएका थिए । दिदीको घरनजिकै छोरालाई पढाउन सजिलो होला भनेर गुल्मीको मदाने गाउँपालिका–५ बाट डेरामा राखेर गीताका पति वैदेशिक रोजगारीका लागि मलेसिया गए ।

गीतालाई पतिले समय–समयमा पैसा पनि पठाइदिन्थे तर बुटवल झरेको १ वर्ष नहुँदै बुटवलका विभिन्न उद्योगमा काम गर्ने उदयपुर चौदण्डीका हिरा श्रेष्ठसँग गीताको हिमचिम बढ्यो । ४ महिना अघिदेखि बहिनी गीता पर*पुरुषसँग बोल्ने गरेको थाहा पाएपछि लक्ष्मीले सम्झाउन खोजिन् । बारम्बार सम्झाउन खोज्दा गीताले ‘तपाईंलाई के चाहियो, बोल्न पनि नपाउने’ भनेर उल्टै थर्काएको लक्ष्मीले बताइन् । लक्ष्मीले रुँ*दै भनिन्, ‘ज्वाइँले त्यसलाई जति पनि पैसा पठाइदिन्थे । बुटवल झरेको १ वर्ष नहुँदै आफू पनि गई परिवार र छोराको बि*चल्ली पारी । मेरो घर नजिकै ल्याएर राखेपछि दिदीले रेखदेख गर्नुहुन्छ भनेर छाडेर मलेसिया गएका सोझा ज्वाइँ राजालाई मैले अब के जवाफ दिउँ ?’

एउटै डोरीमा पा*सो लगाउने गीता र हिरा दुवै विवाहित हुन् । हिराको पनि उदयपुर घरमा छोरा छ । हिरा विगत केही वर्षयता मोतिपुरमै कोठा लिएर भाडामा बस्थे । दुवैको नजिक–नजिकै कोठा थियो । भेटघाट बढेपछि दुवैबीच माया बस्यो । न हिराले घरको छोरा र पत्नी सम्झे, न गीताले विदेशमा रहेका पति र घरको छोरालाई सम्झिन् । विदेशमा दिनरात नभनी पसिना बगाउने पतिलाई बिर्सेर गीताले क्षणिक माया सम्झिइन् । गीताका पति गत चैत २० गते घर आउन टिकट लिइसकेका थिए । कोरोनाको महामारीले गर्दा विश्वभर आवागमन रोकिएपछि उनी स्वदेश फर्किन पाएनन् । उनी नआउँदै पत्नीले पर*पुरुषको अँगालोमा बेरिएर संसार छाडिन् ।

गीता २३ वर्ष पुगेकी थिएन भने हिरा ३० वर्षका थिए । बुधवार दुवै जनाको पो*स्टमा*र्टमपछि बुटवल नजिकै मगरघाटमा दाह*सस्कार गरिँदैछ । इलाका प्रहरी कार्यालय बुटवलमा प्रमुख डीएसपी भीमलाल भट्टराईले प्रेम सम्बन्धमा परेपछि आ*त्मह*त्या गरेको हुनसक्ने सोधखोज र प्रारम्भिक अनु*सन्धा*नबाट खुलेको बताए । समाजमा यस्ता घि*नलाग्दा घ*टना बढेका छन् । श्रीमान विदेशमा श्रीमती अर्कैसँग सम्बन्ध राखेर आ*त्मह*त्यासम्म गर्नु समाज नराम्रोमा बाटोमा गएको देखिन्छ,’ उनले भने । परिवारको सुखका लागि नेपाली युवा विदेश जाने तर घरको बि*च*ल्ली हुने घ*टना बढ्दै गएको देखिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित