टोपलाल अर्याल, गुल्मी, २६ बैशाख । बाग्लुङको बडिगाड गाउँपालिकाकी एक युवती गुल्मीमा मृ*त अवस्थामा फेला परेकी छिन् । जिल्लाको रुरु गाउँपालिका ५ बम्घामा एक बालिका मृ*त फेला परेकी हुन् । शुक्रबार दिउँसो बाग्लुङ बडिगाड गाउँपालिका ३ की १२ बर्षिया सरिता विक मृ*त फेला परेकी हुन् ।
बम्घाको बगौने स्थित यमकुमारी रानाको घरमा बालिका मृ*त फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी निरिक्षक चुरामणी पुनले बताउनुभयो । रानाको घरमा बाग्लुङ बडिगाड गाउँपालिका ३ कै टेक बहादुर घर्तिको परिवार बस्दै आएका थिए । मृ*तक बालिकाको परिवार घ*टनास्थ*लमा आउँदै गरेकाले थप अ*नुस*न्धानको काम बाँकी रहेको प्रहरी निरिक्षक पुनले बताउनुभयो ।
बालिका मृ*त भेटिएको घरमा बस्दै आएका टेक बहादुरले झु*ण्डिएको देख्ने बित्तिकै छोरीले पा*सो काटेको र पछि उनले पा*सो फालेको रुरु क्षेत्र गाउँपालिका ५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले बताउनुभयो । बालिकाको घाँ*टीमा पनि डो*रीको डा*म रहेको प्रहरीले जनाएको छ । बालिका गएको चैतदेखि त्यो घरमा बस्दै आएकी थिइन् ।