साउदीमा बाग्लुङका एक व्यक्ति मृ*त फेला

साउदीमा बाग्लुङका एक व्यक्ति मृ*त फेला

Badigad Online
2 Min Read

वैशाख २७ बाग्लुङ । साउदीमा बाग्लुङका एक व्यक्ति मृ*त अवस्थामा फेला परेका छन् । साउदी अरब को दमाममा बाग्लुङका बेद दर्जी झु*न्डिएको अवस्थामा फेला परेका हुन् । साउदी अरबमा एक नेपालीले आ*त्मह*त्या गरेको जानकारी प्राप्त भएको छ । बाग्लुङ जिल्ला बिहु स्थाई घर भएका ३० वर्षका बेद दर्जी दुई दिन अघि मे ६ मा झु*न्डिएको अवस्थामा फेला परेका थिए ।

आ*त्मह*त्याको कारण खुल्न सकेको छैन् । बैदेशिक रोजगारीको सिलसिलामा ५ बर्ष पहिला देखि दमाममा रहेका उनी कार पेंटिंग कम्पनी नानो प्रो कम्पनीमा कार्यरत रहेका थिए । दर्जी अघिल्लो रातीसम्म साथीभाई संग हासखेल गर्दै सुत्न गएको र बिहान झु*न्डिएको अवस्थामा फेला परेको उनका साथीहरुले बताएका छन् । मृ*तक दर्जीसंगै एउटै कम्पनीमा काम गर्ने सुर्य बि.सीका अनुसार दैनिक काम चलिरहेको र सो दिन पनि नियमित ड्युटी सके पछी राती १ बजे सम्म संगै मिलेर पब्जी गेम खेलेर आ आफ्नो रुममा सुत्न उनीहरु छुट्टिएका थिए ।

एउटै बिल्डिंगमा काम गर्ने र सोही ठाउँमा बसोबासको व्यवस्था रहेको थियो । बि.सीका अनुसार बिहान ९ बजे तल रहेको वर्कशप जाने बाटोमा झु*न्डिएको अवस्थामा दर्जी भेटिएका थिए । नेपाली दुताबास रियादका पुर्वी क्षेत्रका स्थानीय कर्मचारी हरि घिमिरेले मृ*तक दर्जीको आ*त्माह*त्याबारे आफ्नो जानकारीमा आएको जनाउदै मृ*तकको परिवार संग सम्पर्कमा रहेको र हाल का*नुनी प्रक्रिया चल्दै रहेको बताउनुभयो । नेपालको लागि हवाई उडान सबै बन्द रहेको अवस्थामा मृ*तकको शवलाई के गर्ने भन्ने सम्वन्धमा छलफल गरेर अगाडी बढ्ने उहाँले जानकारी दिनुभयो ।

स्मरण रहोस केही दिन अघि मात्रै गुल्मीका २ जना पनि विदेशमा मृ*त अवस्थामा फेला परेका थिए । गुल्मीको छु्टाछुट्टै ठाउँका उनीहरु एकजना बहराईनमा र एकजना भारतमा मृ*त अवस्थामा फेला परेका थिए । अहिले उनीहरुको परिवारसगं कुराकानी भएको र श*वलाई के गर्ने भन्ने विषयमा पनि छलफल चल्दै गरेको बताईएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित