बन्दाबन्दीले प्रभावित बनेका कुखुरा पालक कृषकलाई अनुदान

बन्दाबन्दीले प्रभावित बनेका कुखुरा पालक कृषकलाई अनुदान

Badigad Online
2 Min Read

गुल्मी, २७ वैशाख । विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको बन्दाबन्दीका कारण किसानले उत्पादन गरेका कुखुरा बिक्री वितरणमा समस्या भएपछि अनुदान उपलब्ध गराइएको छ । गुल्मीको छत्रकोट गाउँपालिकाले २७ कुखुरा फार्म सञ्चालक किसानका लागि तीन लाख ५४ हजार अनुदानस्वरुप उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिनुभयो ।

लकडाउनका कारण बजारमा कुखुरा बिक्री वितरणमा समस्या परेको गुनासो आएपछि पालिकाले किसानलाई अनुदान उपलब्ध गराएको हो । गाउँपालिकाले फार्मका सात हजार ८० ब्रोइलर कुखुरालाई प्रतिकुखुरा ५० का दरले अनुदान उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत पन्थले जानकारी दिनुभयो । पालिकाले अनुदान उपलब्ध गराउन गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत र पशु सेवा शाखा प्रमुख सदस्य रहेको अनुगमन समिति गठन गरेको थियो ।

अनुगमन समितिले प्रत्यक्ष रुपमा पालिकाका सबै कुखुरा फार्मको अनुगमन तथा निरीक्षण गरी व्यवसायीलाई अनुदान उपलब्ध गराएको हो । गाउँपालिकाको अनुदान दिने निर्णयले व्यवसायी खुशी भएको छत्रकोट –२ पल्लीकोटका कुखुरा फर्म सञ्चालक डिल्लीराज खनालले बताउनुभयो । बजारमा ब्रोइलर कुखराको मूल्य प्रतिकिलो १४० देखि १८० सम्म रहेको बताइएको छ ।

लकडाउनका कारण खोरमा रहेका कुखुरा विक्री नभएपछि छत्रकोटका किसान चि*न्तामा भन्ने समाचार यस अगाडी बडीगाड अनलाईनले पनि प्रकाशन गरेको थियो । छत्रकोट १ हुँगाका चन्द्र भण्डारीले आफुले पालेका बोईलर कुखुरा विक्री नभएपछि पेशा नै परिवर्तन गर्ने सोँच रहेको बताउनुभएको थियो । गाउँपालिकाले अनुदान दिएसगैं थोरै मात्रामा भएपनि रा*हत भएको उहाँको भनाई छ । छत्रकोट गाउँपालिकाले कृषकको हीतमा गरेको यो निर्णय एकदमै कृषकको हीतमा भएको उहाँको बुझाई छ ।

रासस

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित