काठमाडौं, बैशाख २६ । विश्वभर कोरोना भाइरसका कारण लकडाउन चलिरहेको समय दक्षिण अमेरिकी देश इक्वेडरबाट भने अनौठा घटना सार्वजनिक भएको छ । कोरोना संक्रमणका कारण मृ*त्यु भएको भनीएकी एक महिला जीवित भएपछि शो*क मनाइरहेका परिवार अचम्ममा पर्ने नै भए समाचारले संसारको ध्यानसमेत तानेको छ ।
केही दिन अघि कोरोना संक्रमित इक्वेडरकी ७४ वर्षकी वृद्धा अल्बा मारुरीको कोरोनाको कारण मृ*त्यु भएको र संक्रमण फैलिन सक्ने भन्दै अस्पतालले नै उनको अ*न्तिम सं*स्कार गरेर परिवारलाई अस्तु पठाएको थियो । मृ*त्युको खबर पाएकोे परिवारले अल्बाको अन्तिम संस्कारको समेत गर्न पाएन् । अचम्म त तब भयो जब कोमामा रहेकी अल्बाको होस खुल्यो र उनले परिवारलाई जानकारी दिन आग्रह गरिन् ।
तबमात्र केही दिन अघि अल्बा ठानेर अन्तिम संस्कार गरिएकी महिला अल्बा नभएको अस्पतालले थाहा पायो । तीन हप्तासम्म को*मामा रहेकी अल्बाले आफ्नो परिचय दिएपछि अस्पतालले उनका परिवारलाई उनी जी*वितै रहेको सूचना दियो । मृ*त्यु भइसकेकी अल्बा जी*वितै रहेको थाहा पाएपछि परिवारको खुसीको सीमा रहेन । पहिचान गर्न गल्ती भएको स्वीकार्दै अस्पतालले अल्बा र उनका परिवारसँग माफी मागेको छ । (एजेन्सी)