काठमाण्डौ, वैशाख २७ । नेपाली सने जगतमा आँचल शर्मालाई नचिन्ने प्राय कमै छन् । नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नसाथ उनी एक पछि अर्को फिल्ममा अभिनय गरिन् र उनले अभिनय गरेका चलचित्रहरुले दर्शकको राम्रो माया पनि पाए । सुरुमा आँचल शर्मा पल शाहसगंको जोडिलाई दर्शकले खुबै रुचाए । पल र आँचल २ जना थुप्रै म्यूजिक भिडियो र चलचित्रमा पनि काम गरे ।
दर्शकहरुले पल र आँचलको माया प्रेमका बारेमा विभिन्न टिका*टिप्पणी गरेपनि उनीहरुले भने आफुहरु प्रेममा नरहेको बताउँदै आएका थिए । यसै क्रममा केही समय अगाडी आँचल शर्माले विहे गरेकी छिन् । उनी विवाहमा १६ लाखको लेहेगां लगाएका लगायतका विषयले वि*वादमा पनि तानिईन् । सगैं उनका श्रीमानले पहिले अर्कै विहे गरेको र आँचलसगं दास्रो विवाह रहेको पनि विभिन्न सञ्चार माध्यममा खबरहरु आए ।
उनका श्रीमानले आफु पहिले अर्केसगं सम्बन्धमा रहेको एक टेलिभिजन कार्यक्रममा स्वी*कार गरेपनि विवाह गरेको बारेमा भने खुलाएनन् । अहिले उनीहरु सामाजिक सञ्चाल र टिकटकमा निकै सक्रिय देखिन्छन् । आँचलका दम्पत्तीले विभिन्न टिकटक बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । यसैबीच आँचलले दर्शकहरुमा एउटा सन्देश पठाएकी छन् । सन्देश यस्तो छ ।
मलाई माया गर्ने, घृ*णा गर्ने सबै सबैलाई मेरो मन मुटुदेखिको माया । तपाईहरु हुनुहुन्छ र म आँचल शर्माको नामले परिचित छु । कहिले ताली कहिले गा*ली स्वभाविक हो, जे होस् माया मा*र्नु भएको छैन र चलचित्रहरु पाइरहेको छु । मैले नृत्य र अभिनय गरेका म्युजिक भिडियोहरु मन पराइ दिनुहुन्छ र भ्याइनभ्याई म्युजिक भिडियोहरु गरिरहेको छु । चार वर्ष अघि कि*शोरा*वस्थामा रमाईरहेकी एउटा कि*शोरीले नायिकाको परिचय पाउनुमा तपाईहरुकै ठूलो देन छ ।
मेरो परिचयमा धेरथोर किन नहोस् यहाँहरुको समय र पैसाको लगानी छ । त्यसैले त मैले बाटो बि*राउँदा बोल्न, सम्झाउन तपाईहरुलाई छुट छ । किनकी म धेरैको छोरी वा बहिनी र थोरैको दिदी हुँला । आलोकाँचो उमेरमा गरिएका कतिपय निर्णयहरु सबै सहि नै हुन्छन् भन्ने छैन । यद्यपि, हरेक निर्णय गर्दा म आफ्नो उमेरभन्दा बढी परि*पक्व हुने कोसीस चाहिँ गरिरहेकै हुन्छु । बिहेको निर्णय पनि त्यसैको एउटा प्रतिफल हो ।