क्वारेन्टाईन भित्रै जुम्ल्याहा बच्चा जन्माएपछि !

क्वारेन्टाईन भित्रै जुम्ल्याहा बच्चा जन्माएपछि !

Badigad Online
1 Min Read

दाङ, वैशाख २७ । दाङको तुलसीपुरमा क्वारेन्टाइनमा रहेकी एक महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीकी अनिता यादवले शुक्रबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जम्ल्याहा छोरी जन्माएकी हुन् ।गर्भवती यादव बिहीबारदेखि क्वारेन्टाइनमा बस्न थालेकी थिइन् ।

चार महिनादेखि भारतको रुपैडिहा बिलौनीस्थित माइती घरमा रहेकी यादव गाडी र पैदलयात्रा गर्दै दुई दिनमा घर आइपुगेकी थिइन् । भारतबाट आएको भनेर गाउँलेहरुले खबर गरेपछि उनलाई तुलसीपुर उपमहानगरपालिकाले रक्षाचौरस्थित क्वारेन्टाइनमा राखेको तुलसीपुरका जनस्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताउनुभयो । उहाँको ¥यापिड टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको न्यौपानले बताउनुभयो ।

यादवलाई शुक्रबार दिउँसो १२ बजेतिर सुत्केरी व्यथा लागेपछि प्रादेशिक अस्पताल लगिएको थियो ।अस्पतालकी मेडिकल अधिकृत डा. लिजा पुरीका अनुसार दुवै बच्चा स्वस्थ छन् । एउटा १.८ र अर्काको १.५ केजी तौल रहेको उहाँले बताउनुभयो । आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको पुरीले जानकारी दिनुभयो । यादवका कोही पनि आफन्त नआएपछि उपमहानगरपालिकाले नै हेरचाहको सबै जिम्मेवारी लिएको नगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।

यादवका यसअघि दुई छोरा र दुई छोरी छन् । श्रीमान र घरपरिवारले वास्ता नगरेपछि यादवको सबै स्याहार नगरपालिकाले नै गरेको उहाँले जानकारी दिनुभयो । (साभार कान्तिपुर दैनिक)

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित