कपिलवस्तुका कोरोना संक्रमितको मुम्बई कनेक्सन !

कपिलवस्तुका कोरोना संक्रमितको मुम्बई कनेक्सन !

Badigad Online
1 Min Read

बुटबल । आज बिहान मात्रै कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुका तीनजना संक्रमित पुरुषहरू पाँच दिन अघि मुम्बईबाट फर्किएको खुलासा भएको छ । संक्रमित युवाहरू चोर बोटोबाट लुकिछिपी नेपाल छिरेका जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

यसअघि संक्रमित भेटिएका दुई जना पनि लुकिछिपी नेपाल छिरेको पाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा आज बिहान मात्रै तीनैजनामा संक्रमण पुष्टि भएको थियो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार उनीहरू तीनै जना मायादेवी गाउँपालिका २ का स्थायी निवासी रहेका छन् ।

कोरोना पुष्टि भएसँगै उनीहरूलाई आजै बुटवलमा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा ल्याइने भएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु प्रशासनका अनुसार उनीहरू भारतको मुम्बईबाट चाकर चौराह नजिकको दशगजा क्षेत्रबाट लुकेर नेपाल प्रवेश गरेका थिए । त्यसपछि उनीहरू वैशाख २३ गते रातिदेखि तीर्थादेवी छत्रपाली माविको क्वारेण्टाइनमा बसेका थिए ।

युवाहरूले आफूहरू सिधै क्वारेन्टाइनमा आएको बताएका छन् । यद्यपि यसबारे स्थानीयसँग सत्यतथ्य बुझ्न बाँकी रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । भारतबाट लुकिछिपी भित्रिनेको संख्या बढेपछि मुख्यतस् तराई क्षेत्रमा कोरोना संक्रमणको खतरा बढेको छ । (साभार कामना न्यूज)

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित