सोनीका पारसको १२ लाख चोरेरै भागेकी हुन त ? (भिडियो)

सोनीका पारसको १२ लाख चोरेरै भागेकी हुन त ? (भिडियो)

Badigad Online
2 Min Read

काठमाडौं । फेरी एक पटक पूर्वयुवराज पारस शाह र सोनिका रोकायको चर्चा सामाजिक सञ्जालमा सुरु भएको छ । एउटा अनलाईनले सोनिकाका विषयमा सार्वजनिक गरेको एउटा समाचारका कारण सोही विषयलाई आधार बनाएर सामाजिक सञ्जालमा चर्चा सुरु भएको हो ।त्यो संगै पोखरामा रहेका पूर्वयुवराज पारसले फेसवुकमा लेखेको स्टाटसले पनि चर्चा पाएको छ । उनले सम्बन्ध वि*च्छेदलाई लिएर एउटा स्टाटस लेखेका थिए । उनले फाइनली सम्बन्ध वि*च्छेद भन्दै अंग्रेजिमा स्टाटस लेखेका थिए ।

सो स्टाटसमा उनले को संग कस्तो सम्बन्ध वि*च्छेद भन्ने कुरा भने खुलाएका थिएनन् । उनले त्यसरी स्टाटस लेख्नु अगाडीनै एउटा अनलाईनले सोनिका रोकायले पटक पटक गरी पारसको १२ लाख रुपैया एटिएमवाट झिकेको भनेर दावी सहित समाचार सार्वजनिक गरेको थियो । वाहिर त्यस्तो समाचार आउनु र पारसले सम्बन्ध वि*च्छेद भन्दै स्टाटस लेख्नु जसका कारण मानिसले अनेक अड्कल लगाए । सामाजिक सञ्जालमा उनले लेखेको स्टाटस सोनिका तर्फ लक्षित थियो भन्ने अड्कल लगाइयो ।

तर पारसले आफुसंग निकटको सम्बन्ध रहेकी युट्युवर तथा मोडल सोनीका रोकायलाई पारसकै १२ लाख रुपैया एटिएमवाट झिकेको भनेर आरोप लागेपछि त्यसको खण्डन गरेका छन् । पोखरामा रहेका उनले फेसवुक लाइभ मार्फत सो कुराको खण्डन गरेका हुन् । पारसलाई हार्ट*अट्याक आएको भन्दै पनि समाचार बाहिरिएको थियो । उनले सो कुराको पनि ख*ण्डन गर्दै आफु सुरक्षित र स्वास्थ्य रहेको बताएका छन् ।पोखरमा रहेका पूर्वयुवराज पारसले त्यहाँ लगायत चार दिन देखि पार्टी गरिरहेका छन् ।

केही समय अघि एउटा अनलाईनले सोनिका रोकायले उनको एटिएमवाट पटक पटक गरी १२ लाख रुपैया निकालेको दावी सहितको समाचार सार्वजनिक गरेपछि उनले त्यसको खण्डन गरेका हुन् । सोनिका र पारसबीचको सम्बन्धको चर्चा सामाजिक सञ्जालमा केही समय देखि नै चर्चामा छ । केही दिन देखि पोखरामा रहेका पारस बारम्बार सामाजिक सञ्जालमा लाइभ आइरहेका छन् । उनी प्रत्यक घण्टा जस्तो लाइभ आएका छन् । छिनछिनमा स्टाटस पनि अपडेट गरिरहेको देखिन्छ ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित