कोरोना सक्रंमितको गाउँमा कोरोना मुक्तिको कामना गर्दै महायज्ञ लगाईयो

कोरोना सक्रंमितको गाउँमा कोरोना मुक्तिको कामना गर्दै महायज्ञ लगाईयो

Badigad Online
2 Min Read

बाग्लुङ,वैशाख २८ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९)को शान्तिको कामना गर्दै बागलुङमा श्रीमद्भागवत कोरोना विश्वशान्ति महायज्ञ शुरु गरिएको छ ।कोरोना भाईरसको संकटबाट विश्वलाई मुक्ति दिलाउनका लागि बागलुङको एक मन्दिरमा शुक्रबारदेखि सात दिने विश्वशान्ति महायज्ञ शुरु गरिएको हो ।

जिल्लाको बागलुङ नगरपालिका–४ कुँडुले स्थित जलेश्वर महादेव मन्दिरमा विश्वशान्ति महायज्ञको आयोजना गरिएको छ । महायज्ञमा बाहिरी भक्तजनहरुलाई भने निषेध गरिएको छ । भक्तजनलाई महायज्ञ सुन्नका लागि माईकबाट प्रशारणको व्यवस्था मिलाईएको छ ।
सारा विश्वमा सं*कटको रुपमा पैदा भएको कोरोना भाईरसबाट मुक्ति दिई शान्ति पैदा गर्न र विश्वमा मु*त्युवरण गरेकाको सम्झनामा श्रीमद्भागवत महापुराण कोरोना विश्वशान्ति महायज्ञको आयोजना गरिएको जलेश्वर महादेव मन्दिरका संस्थापक एवं महायज्ञका मूल अर्चक चन्द्रदत्त आचार्य (स्वामी चन्दन गिरि) ले बताउनुभयो ।

विश्व कोरोना भाईरसका कारण आक्रान्त भएको भन्दै कोरोना मुक्तिको कामना गर्न विश्वशान्ति महायज्ञ आयोजना गरिएको उहाँको भनाई छ । महायज्ञमा कोरोना मुक्तिको कामना गरिने उहाँले बताउनुभयो ।परापूर्वकालमा ऋषि महर्षिले महामारीको समयमा विभिन्न यज्ञको आयोजना गरी विश्वशान्तिको कामना गर्ने पाईएको भन्दै आचार्यले परम्परालाई निरन्तरता दिंदै यज्ञ आयोजना गरेको बताउनुभयो । यज्ञमा पूर्णरूपमा सामाजिक दूरीकायम गरिएको छ । कार्यक्रममा मूल वाचकका रूपमा विश्व हिन्दु संगठनका दक्षिण एशिया प्रमुख चन्द्रकान्त पौडेल एवं उपवाचकका रूपमा पण्डीत श्री हरिकृष्ण रेग्मी हुनुहुन्छ ।

कार्यक्रम सात दिन सम्म चल्नेछ । महायज्ञमा भीडभाड गर्न निषेध गरिएको छ भने माइक मार्फत घर मै बसेर कथा एवं पाठ पारायण सुन्न अनुरोध गरिएको छ । महायज्ञमा कोरोना संकट मुक्तिका लागि दिप प्रज्वलन, दीप पुजा, लक्ष्मी पुजा, गणेश पुजा, भागवत पाठ पारायण, आरती भजन र भागवतको कथा लगायतका कार्यक्रम दैनिक रुपमा गरिदै आएको छ । महायज्ञ नेपालकी पाँचौ कोरोना संक्रमितको गाउँ समेत हो । पाँचौ संक्रमित अहिले निको भई घर फर्कीसक्नुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित