छविलाल पाण्डे, बाग्लुङ वैशाख २८ । नेपाली काँग्रेसका नेता जितबहादुर शेरचनको नेतृत्वमा आइतबार ढोरपाटन नगरपालिका १ बुर्तिबाङका १ सय घरपरिवारलाई राहत स्वरुप खाद्यान्न समाग्री वितरण गरीएको छ । कोरोना भाइरस कोभिड ९१९० का कारण लामो समय देखि भएको लकडाउनले दैनिक ज्याला मजदुरी गर्न नपाएका र प्रसस्त खेतियोग्य जमिन नभएका गरीब, विपन्न र असहाय परिवारका निम्ती खाद्यान्न सामाग्री वितरण गरीएको हो ।
दुई पटक सम्म प्रदेश तहको निर्वाचनमा पराजित भएका शेरचनले आफुले निर्वाचन हारेपनी समस्यामा परेका नागरिकको पिडालाई सधै सम्मान गर्दै आइरहेको बताउँदै आफु निर्वाचन उठेको क्षेत्रका गरीब, असहाय, विपन्न घरपरिवारका निम्ती आफुले विभिन्न व्यक्ति तथा सघंसंस्थासँग सहकार्य गरेर यो समस्याको घडिमा राहात वितरण गरेको बताउनुभयो । तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका नागरीकका गाउँगाउँमै पुगेर राहात वितरण गर्दे गर्दा आज ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा रहेका अति गरीविको रेखामुनी रहेका १ सय ४९ घरपरिवारका निम्ती खाद्यान्न सामाग्री हस्तान्तरण गरीएको उहाँले बताउनुभयो ।
राहात वितरणको क्रममा २० केजी चामल, १ प्याकेट खाने तेल, १ केजी आयोडिन नुन र हातधुने एकसावुन समेत वितरण गरिएको बताईएको छ । दैनिक ज्याला मजदुरी गर्दे आएका स्थाई तथा अस्थाई रुपमा बुर्तिबाङ, भब्रेटा, स्वरबोट लगायत आसपासका नागरीकले उक्त राहात सामाग्रि पाएको नेपाली काँग्रेस पुर्व महासमिती सदस्य अर्जुन शेरचनले बताउनुभयो । आफुहरुले विभिन्न सहयोगि दाताहरु र आफनो व्याक्तिगत खर्चमा दुखमा परेका नागरीकको निम्ती राहात उपलब्ध गराइएको र पुन अर्को चरणमा गरीबका घरधुरीमा पुग्ने अभियान रहेको जित शेरचनको भनाई छ ।
राहात वितरणको क्रममा स्थानिय पालिकाले उपलब्ध गराएको तथ्यांक र थप छुट भएका नागरीकलाई समेटेर वितरण गरीएको जनाइएको छ । टोलीले बागलुङ क्षेत्र नं।२ प्रदेश ९क० तर्फ स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्रि र प्रदेश ९ख० तर्फ खाद्यान्न वितरण अभियान थालेको थियो । अभियानमा नेपाली काँग्रेसका नेता जित शेरचन सहित पुर्व महासमिती सदस्य अर्जुन शेरचन, पूर्व जिल्ला सदस्य मेशलाल सर्मा, नेपाल तरुणदल जिल्ला सचिव नविन शेरचन, नेपाली काँग्रेस ढोरपाटन नगर सभापती सालिकराम सर्मा, नेपाल दलित महिला सँघ केन्द्रिय प्रतिनिधी दिलमाया पौवी, नेपाल महिला सँघ क्षेत्रीय सभापती लिलमाया पुन,वडा सदस्य असारी बिक, सरन पाण्डे, धनसरी कँडेल, समाजसेवी रामप्रसाद सर्मा लगाएतको उपस्थितिमा राहात वितरण गरीएको हो ।
उता नेपाली काँग्रेस क्षेत्रीय सभापती दोर्णकुमार कुवँर लगाएतको टोलीद्धारा आफनो क्षेत्रका ४८ स्वास्थ्य संस्था, ६ पालिका, प्रहरी कार्यालयमा पार्टिको तर्फदेखि दुई चरणमा स्वास्थ्य सामागि हस्तान्त्रण गर्नुका साथै बागलुङ ढोरपाटन समाज हङकङको सहयोगमा प्राप्त ज्वरो नाप्ने मेशिन नेता कुवँरको सक्रियतामा थर्र्मल गन जिल्लाका सबै स्वास्थ्य संस्थामा पुर्याईएको बताईएको छ ।