कफीको जननी गुल्मीको मुसिकोटमा १५ हजार कफीका विरुवा रोपिँदै

कफीको जननी गुल्मीको मुसिकोटमा १५ हजार कफीका विरुवा रोपिँदै

Badigad Online
1 Min Read

विष्णु प्रसाद आचार्य, गुल्मी वैशाख २८ । कफि सुपरजोन कार्यक्रम अन्तर्गत मुसिकोट नगरपालिकाका विभिन्न स्थानमा १५ हजार कफीका विरुवा रोपिने भएको छ । नगरपालिकाको वडा नं ५ मा रहेका विभिन्न स्थानमा उक्त संख्यामा कफीका विरुवा रोप्न लागिएको बताईएको छ ।

कफीको जननी भनेर चिनीने गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ आँपचौरलाई अझै कफी खेतीको विस्तार गर्नका लागि कफि सुपरजोन कार्यक्रम अन्तर्गत १५ हजार कफीका विरुवा रोपण गर्ने तैयारी थालिएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभएको छ । आँपचौरमा सम्पन्न बैठकले वडा नं ५ को शितडाँडा सामुदायिक वनमा रहेको जग्गामा करिब ५ हजार विरुवा, त्यस्तै कफी विकास केन्द्रको जग्गामा झण्डै ५ हजार विरुवा र अन्य ठाउँमा बाँकी विरुवा रोप्ने निर्णय भएको उहाँको भनाई छ ।

कफीका विरुवा मुसिकोट नगरपालिकाको वडा नं ५ मा रहेको वडास्तरीय कफी नर्सरीबाट उपलब्ध हुने र अन्य विरुवा कफी विकास केन्द्र मार्फत उपलब्ध हुने उहाँले बताउनुभयो । असार महिनासम्म कफीका विरुवा रोपेर सक्ने तैयारी थालिएको छ । आज सम्पन्न बैठकमा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा, वडा नं ५ का वडाध्यक्ष भागिरथ खरेल, कफी विकास केन्द्र आँपचौरका वरिष्ठ वागवानी अधिकृत बद्री प्रसाद पौड्याल, कफी सुपरजोन कार्यक्रम गुल्मीका प्रमुख नारायण काफ्ले लगायत स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित