काठमाण्डौ वैशाख २९ । नेपालका एक व्यक्तिले खान नपाएपछि भारतमा आ*त्मह*त्या गरेका छन् । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस रोकथामको लागि भारत सरकारले जारी गरेको लकडाउका कारण उनले रोजगारी गरदै आएको ठाउँबाट मालिकले निकालिदिएपछि बेरोजगार बनेका उनले आ*त्मह*त्या गरेका हुन् ।
अछाम जिल्लाको बन्नीगढी गाउँपालिका जनालिकोट घर भई हाल भारतको गुजरात राज्यको राजकोटमा ६ जनाको परिवार सहित बस्दै आएका उनले दैनिक खाना खान समेत नसक्ने स्थिति आएपछि आ*त्मह*त्या गरेका हुन् । भारतको गुजरात राज्यको राजकोट शहरमा ६ जनाको परिवार सहित बस्दै आएका उनी मालिकले कामबाट निकालिदिएको र धेरै घर देखि घरबेटीले समेत घर छाडेर जाउँ भनी मा*नसिक त*नाव दिएपछि बा*ध्य भएर आ*त्मह*त्या गरेको उनका साथीहरुले बताएका छन् ।
६ जनाको परिवारलाई के खुवाउने, कहाँ लिएर जाने ,जानसक्ने ठाउँ कतै नभएको र घरबेटीले समेत डेरा छाड्नका लागि आज अन्तिम दिन भनेर द*वाव दिएसगैं कुनै विकल्प नभएर आ*त्मह*त्या गरेको उनीहरुको भनाई छ । अहिले उनका श्रीमतीहरु समेत कोठा छाडेर सडकमा आएको उनीहरुको भनाई छ । भारतले लकडाउन लम्बाउँदै लैजाँदा रोजगारी गुमेपछि अहिले भारतमा लाखौँ नेपाली कामदारहरु अ*लपत्र परेका छन् ।
उनीहरुको उ*द्धारका लागि नेपाल सरकारले केही पहलकदमी गर्न सकेको छ्रैन् । यस्तै स्थिति भएमा कोही भोक भाकै म*र्नुपर्ने स्थिति आउने र कोही वा*ध्य भएर आ*त्मह*त्या गर्ने अवस्थामा आउने उनीहरुले बताएका छन् ।