कोरोनाका कारण गुल्मीका एक युवाको दुवईमा मृ*त्यु

कोरोनाका कारण गुल्मीका एक युवाको दुवईमा मृ*त्यु

Badigad Online
1 Min Read

वैशाख २९ गुल्मी । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका गुल्मीका एक युवाको ज्या*न गएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट दुबइको अवुदावीमा बस्ने ३९ वर्षिय चुरामणि ढकालको ज्या*न गएको हो ।

विगत १५ वर्षदेखि दुबईमा कार्यरत ढकालको अवुदावीमा उपचारकै क्रममा मृ*त्यु भएको हो । गत मे १ तारिखदेखि स्थानीय अस्पतालमा उपचाररत ढकालको शनिबार बिहान नि*धन भएको हो । गुल्मीका जोहांग पुख्र्यौली घर भएका मृ*तक ढकालको बसाई पछिल्लो समय भने कपिलवस्तुको वाणगंगामा थियो । ढकालका श्रीमती, एक छोरा र एक छोरी छन् । अपांगता भएका छोरा उठ्न नसक्ने अवस्थामा छन् ।

मृ*तक यसअघि अन्य कुनै ग*म्भीर स्वास्थ्य समस्याबाट पी*डित नभएपनि दुई वर्षअघि निमोनिया भएर दुबईमै उपचार गराएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित