महेन्द्र कौशल, गुल्मी वैशाख २९ । गुल्मीको मुसिकोट नगरपालिकाका अचम्मका जोडीलाई राहत सामाग्री वितरण गरिएको छ । जिल्लाको रेसुङगा नगरपालिका वडा नम्बर १४ पराल्मी स्थायी घर भई हाल गुल्मीकै मुसिकोट नगरपालिका ५ आपचौर बस्दै आएका बसन्ती बि.क र बुद्ध बि.क को अनौठो जोडीलाई ५ महिनालाई पुग्ने राहत सामाग्री कार्यक्रम संघर्षको कथा मार्फत सञ्चालक दिपक नेपालीले बुझाएका छन् ।
देश लकडाउनमा रहेको बेला बिहान दिउसो काम गरेर बेलुकी हात मुख जोड्ने अनौठो जोडिहरु अहिले लकडाउने गर्दा भोकै दिन काट्न पर्ने बाध्यता रहेको यस अगाडी कार्यक्रम सघंर्षका कथामा उनले बताएकी थिईन् । उक्त कार्यक्रम युटुब मार्फत हेरेपछि देश विदेशमा रहेका सहयोगीहरुले पठाएको सहयोग कार्यक्रम सञ्चालक नेपालीले उनको घरमै पुगेर वितरण गरेका हुन् ।
गुल्मीका युवा हाल जापनमा कार्यरत रहनुभएका भएका व्यक्तिले पठाएको रकमले राहत सामाग्री खरिद गरि वितरण गरिएको प्रस्तोता नेपालीले बताए । बसन्ती एक होची व्यक्ति रहेकी छिन् र बुद्ध भने सामान्य व्यक्ति नै छन् उनीहरुको जोडी देख्दा जो कोहीले आश्चर्य मान्ने गरेका छन् । उनीहरुले अन्तरजातीय बिवाह गरेका हुन ।
श्रीमती २६ र श्रीमान २४ वर्षका रहेका यि जोडिहरु अहिले लकडाउनले गर्दा भोकै बस्न पर्ने बाध्यता भएको खबर कार्यक्रम संघर्षको कथा बने पछी सहयोग जुटेको हो । भने सोही समाचार बडीगाड अनलाईनले पनि प्रकाशन गरेको थियो । सहयोग खाद्यान्न सामाग्री पाएपछि विक दम्पतीले आफुहरुलाई उक्त सामान ५ महिनालाई पुग्ने भन्दै खुसी व्यक्त गरेका थिए ।