जीवन पाण्डे,वैशाख ३० बाग्लुङ । बाग्लुङको बडिगाड गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृ*त्यु भएको छ । गाउँपालिकाको वडा नं ८ साविकको रणसिहंकिटेनी गाउँविकास समिति वडा नं ५ का टिका बलालकी ३३ वर्षीय श्रीमती गिता बलालको भीरबाट लडेर मृ*त्यु भएको वडाध्यक्ष यमबहादुर श्रीसले जानकारी दिनुभएको छ ।
घाँसकाट्न नजिकैको भीरमा गएकी उनको भीरबाट लडेर मृ*त्यु भएको उहाँले जानकारी दिनुभयो । घाँस काट्न गितासगैं सोही वडाकी वडा सदस्य भिम बहादुर बलालकी छोरी पनि सगैं गएकी थिईन् । बलालीकी छोरीले केही खसेजस्तो आवाज सुनेर हेर्दा गीता भीरबाट लड्दै गरेको देखेपछि आफ्नो बुबालाई खबर गरेकी थिईन् । लगत्तै घ*टनास्थलमा पुग्दा उनको मृ*त्यु भएको बताईएको छ । मृ*तक गीताको हिँजो नै अ*न्तेष्टी गरिएको छ ।
यो पनि पढ्नुहोस् : वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका गुल्मीका एक युवाको ज्या*न गएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट दुबइको अवुदावीमा बस्ने ३९ वर्षिय चुरामणि ढकालको ज्या*न गएको हो ।
विगत १५ वर्षदेखि दुबईमा कार्यरत ढकालको अवुदावीमा उपचारकै क्रममा मृ*त्यु भएको हो । गत मे १ तारिखदेखि स्थानीय अस्पतालमा उपचाररत ढकालको शनिबार बिहान नि*धन भएको हो । गुल्मीका जोहांग पुख्र्यौली घर भएका मृ*तक ढकालको बसाई पछिल्लो समय भने कपिलवस्तुको वाणगंगामा थियो । ढकालका श्रीमती, एक छोरा र एक छोरी छन् । अपांगता भएका छोरा उठ्न नसक्ने अवस्थामा छन् ।
मृ*तक यसअघि अन्य कुनै ग*म्भीर स्वास्थ्य समस्याबाट पी*डित नभएपनि दुई वर्षअघि निमोनिया भएर दुबईमै उपचार गराएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।