निसीखोला गाउँपालिकाले २३ मजदुरको उद्धार गर्यो

निसीखोला गाउँपालिकाले २३ मजदुरको उद्धार गर्यो

Badigad Online
1 Min Read

छविलाल पाण्डे,वैशाख ३० बाग्लुङ । बाग्लुङको निसीखोला गाउँपालिकाले आफनो पालिकामा प्रवेश गरेका विभिन्न जिल्लाका २३ जना मजदुरलाई उद्धार गरी बागलुङ र पूर्वि रुकुमको सिमानामा पुर्याएको छ ।

सडक, खानेपानी लगाएतका काममा कुस्मा लगाएतका क्षेत्रमा पुगेर काम नभएपछि अलपत्र अवस्थामा रहेका रोल्पा, सल्यान, रुकुम जिल्लाका गरी २३ जना श्रमिक निसीखोला गाउँपालिकाको झिवाखोला बजारमा पुगेसँगै गाउँपालिकाले खाजा खुवाएर सबैलाई रुकुमको सिमाना सम्म उद्धार गरेर पठाइएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो ।

निसीखोला गाउँपालिकाले विभिन्न क्षेत्रबाट पैदल तथा सवारीमा निसीखोला गाउँपालिका सम्म आएका नागरिकको निरन्तर उद्धार गर्दे घर पठाउने काम गरीरहेको हो । त्यसैगरी पालिकाका विभिन्न स्थानमा सडक खानेपानी जस्ता विकास निर्माणका काममा रहेका श्रमिकलाई पालिका तथा स्थानिय संघसंस्थाको सहकार्यमा उद्धार एवम राहात हस्तान्त्रण कार्यक्रम भइरहेको गाउँपालिका अध्यक्ष पौडेलले बताउनु भयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित